शिक्षासेवी अभिनन्दित

सर्लाही सुकेपोखरीस्थित चुतुर्भुजेश्वर जनता उच्च माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापकसहित दुईजनालाई अभिनन्दन गरिएको छ ।
त्यस भेगमा विद्यालय शिक्षाको विकास र विस्तारमा विशिष्ट एवं अतुलनीय योगदान पु¥याएबापत विद्यालयको स्वर्ण महोत्सवका अवसरमा पूर्वप्रधानाध्यापकद्वय महेन्द्रप्रसाद र कृष्णप्रसाद भट्टराईलाई अभिनन्दन गरिएको हो । विसं २०२७ पुस ९ बाट माध्यमिक तहको पढाइ सुरुआत भएको उक्त विद्यालय सर्लाही जिल्लाको उत्तरी भेगको पहिलो मावि हो । त्यस बेला सो जिल्लाका अतिरिक्त सिन्धुली, रौतहट, बारा र महोत्तरीबाट समेत उक्त विद्यालयमा नियमित पठनपाठनका लागि विद्यार्थी आउने गर्थे ।
पूर्वप्रधानमन्त्री टङ्कप्रसाद आचार्यले उद्घाटन गर्नुभएको उक्त विद्यालय यो वर्ष स्वर्ण महोत्सव मनाइरहेको छ । उक्त विद्यालयबाट विसं २०३२ मा एसएलसी परीक्षा दिने विद्यार्थी समूहले पूर्वप्रधानाध्यापकको अभिनन्दनका अतिरिक्त त्यस बेलाको शिक्षाको अवस्था, शिक्षकप्रतिको सम्मान र नागरिक समाजका जनहितकारी कार्यको इतिवृत्त समेटेर स्मारिक प्रकाशन गर्न लागेको पूर्वविद्यार्थी एवं साहित्यकार दिनेश अधिकारीले जानकारी दिनुभयो । उक्त विद्यालयबाट उत्पादित जनशक्ति अहिले मुलुकका विभिन्न विधामा ख्याति कमाएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #अभिनन्दित, #पूर्वप्रधानमन्त्री टङ्कप्रसाद आचार्य, #शिक्षा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्