संखुवासभाका दुई पत्रकारलाई मनराम-एसकाज पत्रकारिता पुरस्कार प्रदान

काठमाडौ, २ कात्तिक- मनराम-एसकाज पत्रकारिता पुरस्कार संखुवासभाका दुई पत्रकारलाई प्रदान गरिएकाे छ ।
अाज संखुवासभा काठमाडौं जर्नालिष्ट एसोसिएसन (एसकाज)ले काठमाडौंमा एक कार्यक्रमकाे अायाेजना गरी मनराम–एसकाज पत्रकारिता पुरस्कार २०७७ नयाँ पत्रिका संखुवासभा संवाददाता नवीन गुरूङलाई प्रदान गरेको हो भने मनराम–एसकाज पत्रकारिता पुरस्कार २०७८ पाख्रीबास एफएमका स्टेसन म्यानेजर प्रेमप्रसाद निरौलालाई प्रदान गरिएको छ । मनराम प्रतिष्ठान र एसकाजको संयुक्त पहलमा २०७३ मा स्थापित पुरस्कार हरेक वर्ष संखुवासभामा रहेर पत्रकारिता गर्दै आएका क्रियाशील पत्रकारलाई प्रदान गरिँदै आएको छ । मनराम–एसकाज पत्रकारिता पुरस्कार यसअघि गंगा बिष्ट, इन्द्र गिरी, दीपेन्द्र शाक्य र कृष्णराज शाक्यलाई प्रदान गरिएको छ । गत वर्ष कोभिड– १९ का कारण कार्यक्रम गर्न नसकिएकाले दुवै वर्षको पुरस्कार एकैपटक प्रदान गरिएको एसकाजका अध्यक्ष शंकर खनालले बताए ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : #hot, #एस्काज संखुवासभा, #मनराम पत्रकारिता पुरस्कार, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्