सामान किन्नुस,उपहार जित्नुस

दशै,तिहार र छ्ठ पर्वलाई लक्षित गरेर कान्तिपुर मलले विशेष छुटका साथै उपहारको पनि व्यवस्था गरेको छ। यसको प्रभाव व्यापारमा देखिन थालेको कान्तिपुर मलका व्यवसायीहरु बताउछन् मलको चारै कुना सिगारिएको छ । त्यस्तै कान्तिपुर मलले दशै,तिहार र छ्ठ पर्वको अवसरमा उपहार योजना पनि ल्याएको छ। कान्तिपुर मलमा सामान किनमेल गर्ने हरेक ग्राहकले रु १००० भन्दा माथीको खरिदमा एक वटा उपहार कुपन सित्तैमा प्राप्त गर्नेछन् । उपहार योजना अन्तर्गत मङ्सिर १ गते कान्तिपुर मलमा ग्राहकको उपस्थितिमा पुरस्कार घोषणा हुनेछ।
उपहार योजनामा प्रथम पुरस्कार १५० सिसिको यमहा बाईक,दोश्रो पुरस्कार १२५ सिसिको यमहा स्कुटर,तेश्रो पुरस्कार मेमाको ४२’ को टेलिभिजन ,चौथो पुरस्कार भिडियोकनको १९० लिटरको फ्रीज र अन्य सान्त्वना पुरस्कार पनि राखिएका छ्न् । यसैगरी,कान्तिपुर मलले टिकटक प्रतिष्पर्धा पनि आयोजना गरेको छ।जस अन्तर्गत कान्तिपुर मलमा आएर टिकटक बनाउने टिकटकर मध्यबाट उत्कृष्ट १० जनालाई विशेष पुरस्कार ९गिफ्ट ह्यम्पर० प्रदान गरिने कान्तिपुर मलका महाप्रबन्धक अमर निरौला बताउनुहुन्छ।
टिकटक प्रतिस्पर्धामा भाग लिन चाहनेले भने कान्तिपुर मलको मुल भागमा राखिएको पुरस्कार अगाडी बसेर टिकटक बनाउनुपर्ने हुन्छ साथै आफ्नो टिकटक आईडी त्यहाँ रहेको खातामा टिपाउनु पर्ने हुन्छ। कान्तिपुर मलमा आउने ग्राहकले सुपथ मुल्यमा गुणस्तरीय सामान प्राप्त गर्ने व्यापारी प्रेम पौडेल बताउनुहुन्छ। कान्तिपुर मलमा वित्तिय संस्था, सैलुन,गुदपाक,लत्ताकपडा,ईलेक्ट्रोनिक्स आईटम,रेस्टुरेन्ट लगायतका सेवासुबिधा रहेको कान्तिपुर मल व्यापार संघका अध्यक्ष जित बहादुर कटुवाल बताउनुहुन्छ।
सुहाउँदो मुल्यमा गुणस्तरीय सामान उपलब्ध गराउनु कान्तिपुर मलको मुल ध्येय रहेको कान्तिपुर मल व्यापार संघका उपाध्यक्ष रमेश गौतम बताउनुहुन्छ।उहाँ अगाडी थप्नुहुन्छ, ग्राहकहरुले ढुक्क भएर कान्तिपुर मलमा किनमेल गर्न सक्नुहुन्छ । कान्तिपुर मलको उपहार योजना कार्तिक अन्त्य सम्म चल्नेछ। लक्की ड्र मङ्सिर १ गते ग्राहकहरुको उपस्थितिमा सार्वजनिक गरिनेछ।भाग्यशाली ग्राहकले ड्र सम्पन्न भएको मितिले सात दिनभित्र कान्तिपुर मलको अफिसमा अर्धकट्टीसहित सम्पर्क गर्नुपर्ने छ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #कान्तिपुर मल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्