Techie IT
आईतबार, वैशाख ७,२०८२

दिनेश श्रेष्ठको अध्यक्षतामा नेपाल उद्योग वाणिज्य संघ काठमान्डौ दर्ता


 

काठमाडौं। दिनेश श्रेष्ठको अध्यक्षतामा नेपाल उद्योग वाणिज्य संघ काठमाडौ दर्ता भएको छ । नेपाल चेम्वर अफ कर्मसले नेपाल उद्योग वाणिज्य महासंघको सदस्यता नविकरण नगरि आफु पनि जिल्लामा जाने बाटो रोजेपछि शुरु भएको विवाद काठमाडौं उद्योग वाणिज्य संघ गठन भएसंगै समाप्त भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट विधिवत रुपमा दर्ता भएपछी नेपाल उद्योग वाणिज्य महासंघको काठमाडौं जिल्ला सदस्यमा काठमाडौं उद्योग वाणिज्य संघ भएको छ ।

प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठ अध्यक्ष रहेको उक्त कार्य समितिको उपाध्यक्षमा हेमराज ढकाल, जय प्रसाद सिवाकोटि र उत्तम श्रेष्ठ रहेका छन्।महा–सचिबमा रमनाथ श्रेष्ठ, सचिबमा लोकनाथ गैरे, कोषाध्यक्षमा सुषमा महरा र सदस्यहरुमा प्रदिपमान प्रधान, राजेन्द्र शेरचन,रविन श्रेष्ठ लागायतका ब्यवसायी रहेका छन् ।

नेपाल उद्योग वाणिज्य संघ, काठमाण्डौ भाद्र २९ मा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा विधिवत रुपमा दर्ता भएको जानकारी नव गठित संघका कोषाध्यक्ष सुषमा महराले जानकारी गराएकी छन्।


क्याटेगोरी : समाचार
ट्याग : #उद्योग वाणिज्य संघ काठमान्डौ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545