Techie IT
आईतबार, वैशाख ७,२०८२

सभापतिमा अत्याधिक मत सहित दिपक खड्का विजयी

को हुन् खड्का ?


काठमाडौँ, १८ असोज । नेपाली काँग्रेस संखुवासभाको पार्टी सभापतिमा दिपक खड्का अत्याधिक मतसहित विजय हुनुभएको छ ।

शनिबार साँझ सम्पन्न अधिवेशनबाट आज विहान सम्पन्न मतपरिणाममा पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले १३५२ मतमध्ये  ११९८ मतसहित विजयी हुनुभएको हो । उहाँ जिल्लामा लोकप्रिय नेता हुनुहुन्छ ।

यस्तै उपसभापतिमा रामकुमार जिमी (९१६), अनन्त गौली (६७०), सचिवमा टकमान घले र कुमारबाबु अधिकारी, सहसचिवमा किशोर कुमार गुरुङ र सुवास कालाखेती विजयी हुनुभएको छ ।

को हुन् खड्का ?

नेपाली काँग्रेसभित्र सालिन, भद्र स्वभावका नेताका रुपमा चिनिने दिपक खड्का विस २०२८ सालमा संखुवासभाको साविक आँखिभुई गाउँ पञ्चायत वडा नं ६ मा पिता द्रोणबहादुर खड्का र माता युगकुमारी खड्काको कोखबाट माईलो सुपुत्रका रुपमा जन्मिनुभएको हो ।

स्थानीय अमरुवा माध्यामिक विद्यालयबाट प्राथमिक शिक्षा प्रारम्भ गरेका खड्का विद्यालयस्तरबाट नै नेपाल विद्यार्थी सङ्घमा आवद्ध हुनुभएको थियो ।

पिता द्रोणबहादुर खड्का पञ्चायतकालमा आफ्नो जीवन दाउमा राखेर काँग्रेसको संगठन विस्तारमा लागेपछि नेता खड्का बुबाको प्रेरणाबाट विद्यार्थी राजनीतिमा लाग्नुभएको हो । उहाँ गर्भे काँग्रेसका रुपमा समेत परिचित हुनुहुन्छ ।

विस २०४२ सालको सत्याग्रह र देशव्यापी काँग्रेसले गरेको आन्दोलनमा कलिलो उमेरमा सक्रिय खड्का विद्यालयको शिक्षा सकिएपछि उच्च शिक्षाका लागि काठमाडौँ प्रवेश गर्नुभएको थियो ।

रत्नराज्य लक्ष्मी क्याम्पसमा उच्च शिक्षाका लागि पढ्दै गर्दा पञ्चायतविरुद्धको आन्दोलनमा अग्र मोर्चामा रहेर काम गर्नुभएका खड्काले कुटपिट, धरपकड, प्रहरी दमन र प्रहरी हिरासतमा समेत पुग्नुभयो ।
विस २०४६ को जनआन्दोलनमा अग्र मोर्चामा रहेर सहभागी खड्का त्यसपछि निरन्तर रुपमा नेविसंघ, तरुण दल र नेपाली काँग्रेससँग आवद्ध रही पार्टीले अराएको खटाएको जिम्मेवारी अग्र मोर्चामा रहि कुशलतापूर्वक रहेर निरन्तरता दिनुभएको थियो ।
माओवादी द्धन्द्धकालमा समेत उहाँ र उहाँको परिवार काँग्रेसमा आवद्ध भएकै कारण सम्पत्ती कब्जा गर्ने, यातना दिने तथा विस्थापित गर्ने कामसम्म भयो । यद्यपी उहाँले राष्टियता प्रजातन्त्र र समाजवादको मूल मन्त्रलाई अंगीकार गर्दै आफ्नो आस्था रहेको काँग्रेसप्रतिको निरन्तरतालाई कत्तिपनि विचलित नभई निरन्तरता दिइरहनुभयो । व्यवस्था परिवर्तन हुने शिलशिलामा विस २०६२÷०६३ मा भएको ऐतिहासिक जनआन्दोलन र सशस्त्र विद्रोहसमेतका संयुक्त क्रान्तिमा आर्थिक, भौतिक र नैतिक समर्थनसहित अग्र मोर्चामा होमिनुभयो ।

त्यसैबीच व्यवसायिक यात्रालाई समेत सफलतापूर्वक अगाडि बढाउने कौशलता राख्नुभएका खड्काले आफ्नो आर्थिक हैसियतलाई समेत इमान्दारितापूर्वक एउटा उचाईसम्म पुराउनुभयो । आर्थिक हैसियत प्राप्त गर्ने हरेकले सामाजिक सेवा गर्छन् या गरेका छन् भन्ने छैन यद्यपी खड्काले सामाजिक क्षेत्रमा उल्लेख्य सहयोग र संलग्नता राख्नुभयो । त्यसैको परिणामस्वरुप विस २०६५÷०६६ सालतिर आइपुग्दा खड्का सबैले स्वीकार गर्नसक्ने राजनीतिक नेता एवम् सामाजिक व्यक्तिका रुपमा स्थापित हुनुभयो ।

प्रिणामस्वरुप विस २०६७ सालमा सम्पन्न काँग्रेसको १२ औँ महाधिवेशनमा अत्यन्त लोकप्रिय मतका साथ साविक संखुवासभा क्षेत्र नं २ बाट महासमिति सदस्यमा निर्वाचित हुनुभयो । सादा जीवन र सबैसँग मिल्नसक्ने क्षमता र सबैलाई सहयोग गर्ने स्वभावका कारण उहाँको लोकप्रियता दिनानुदिन जिल्लामा बढदै गयो र राष्ट्रिय राजनीतिमा पनि एउटा कुशल खेलाडीका रुपमा उहाँ सबैको नजरमा पर्न सफल हुनुभयो ।

पुर्व राज्य मन्त्री दिपक खड्का

फलतः विस २०७० सालमा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा उहाँले संखुवासभा साविक निर्वाचन क्षेत्र नं २ बाट ऐतिहासिक सफलता हाँसिल गर्दै ५५ वर्षपछाडि नेपाली काँग्रेसबाट विजयी भई इतिहास रच्न सफल हुनुभयो । संविधान सभा सदस्यको रुपमा उहाँले संविधासभाभित्र अत्यन्त रचनात्मक भूमिका निर्वाह गर्नुभयो भने विषयगत समितिको रुपमा लेखा समिति तथा अभिलेख अध्ययन समितिमा रहेर समेत उहाँले उल्लेख्य भूमिका निर्वाह गर्नुभयो ।

उहाँको गहिरो जानकारी अध्ययनशील स्वभाव र विषयगत गहिराईमा गएर विश्लेषण गर्ने स्वभाव रहेकै कारण पार्टीले उहाँलाई विश्वास गरि विस २०७३ सालमा खानेपानी तथा सरसफाई राज्यमन्त्रीको रुपमा भूमिका निर्वाह गर्ने अवसर प्रदान ग¥यो । उक्त अवसरलाई पुर्ण एवम् सफलतापूर्वक निर्वाह गर्दै खड्काले आफ्नै कार्यकालमा लामो समयदेखि अवरुद्ध रहेको राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्यलाई ऐतिहासिक गती दिन साथै खानेपानी वितरणको रुपमा रहेको पाइप लाइन विस्तारको कार्यलाई दु्रतता दिनुभयो ।

त्यसैगरी मन्त्रालयभित्र रहेका कयौँ बेतिथीहरुलाई नीतिगत सुधारमार्फत सुशासन र पारदर्शीता कायम गर्नुभयो । खड्का राज्यमन्त्री भएको बेलामा त्यस किसिमले मेलम्ची खानेपानी आयोजनाको कामलाई अगाडि नबढाएको भए अहिले आयोजना उद्घाटन गरेर रमाउनेहरुले त्यो अवसर पाउने थिएनन् भन्ने कुरा मन्त्रालयकै कर्मचारीहरु बताउँछन् ।

त्यसपछि पनि पार्टी संगठन र स्थानीय जनताहरुसँगको हातेमालो र सहकार्यका कारण खड्काको लोकप्रियता दिनानुदिन चुलिँदै गयो । त्यसैको परिणामस्वरुप उहाँको अनिच्छा हुँदाहुँदै पनि जिल्लामा पार्टी संगठनलाई सुढृढ बनाउन उहाँले जिल्ला नेतृत्व लिइदिनुपर्ने आम नेता तथा कार्यकर्ताको आग्रह अनुरुप उहाँले विस २०७८ मा सम्पन्न हुँदै गरेको १४ औँ महाधिवेशन अन्तर्गत संखुवासभा जिल्ला अधिवेशनमा पार्टी सभापति पदमा उम्मेद्वारी दिनुभयो ।

दिपक खड्काप्रतिको नेपाली काँग्रेस संखुवासभा जिल्लाका आम नेता कार्यकर्ताको विश्वास र भरोसाका कारण उहाँलाई अत्याधिक मतले सभापति पदमा निर्वाचित हुनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #काँग्रेस, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545