Techie IT
आईतबार, वैशाख ७,२०८२

ललितपुर महानगरपालिकाद्वारा बाल दिवसको सन्दर्भमा बिबिद कार्यक्रम


ललितपुर, भाद्र २९( राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर ललितपुर महानगरपालिकाले पुरस्कार बितरण तथा सान्स्कृतिक कार्यक्रमको आयोजना गरेको छ । ललितपुर महानगरपालिका सामाजिक विकास समितिका सम्योजक दिनेश कार्कीको सभापतित्व माझ् सम्पन्न उक्त कार्यक्रम ललितपुर महानगरपालिका प्राङणमा आयोजनामा आएको थियो । सो कार्यक्रमको ऊद्घघाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले राष्ट्रिय बालदिवस २०७५ को नारा ूसुखी नेपाली, सम्ब्रीद्ध नेपाल स् बाल अधिकार सबैको सरोकारू वाचन गरी गरेका थिए ।

कार्यक्रममा जिल्ला बालकल्याण समितिका अध्यक्ष समेत रहेका ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिक्रित प्रेम प्रसाद भट्टराई, महानगर पालिकाका जननिर्वाचित प्रतिनिधि, ललितपुर महानगरपालिका समाज कल्याण महशाखाका प्रमुख बाबुराम राजा महर्जन एबम् अन्य महा शाखा प्रमुखहरु, शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा, ललितपुर महानगर स्तरिय बालक्लब संजालका अध्यक्ष संगीत खड्गी, शिक्षक संघ(संगठनका अध्यक्ष , विभिन्न बिद्यालयका प्रधानअध्यापक एबम् शिक्षक प्रतिनिधि, महानगरपालिकाका कर्मचारी, सामाजिक संघ संस्थाका प्रतिनिधि, बालबालिका, संचारकर्मी लगायतको बाक्लो उपास्थिती रहेको थियो ।

बाल दिवस मनाउने क्रममा विभिन्न बिद्यालय बाट प्रतिनिधित्व गर्दै बालबालिकाहरुले नित्य प्रस्तुत गर्नुका साथै महा नगरपालिकाद्वारा आयोजित स्वच्छ, सफा र हराभरा महानगर निर्माणमा बिद्यार्थीको भूमिकाु बिषयक निबन्ध प्रतियोगिताका बिजयी बिद्यार्थी बालबालिकाहरुले आआफ्नो सिर्जना वाचन गरेका थिए । यस अघि आयोजित निबन्ध प्रतियोगीता कार्यक्रममा श्री चन्डि मा। वि। कि सुजाता थापा प्रथम, शान्ति मा। वि। कि लक्ष्मी तामाङ् दितिय, श्री चन्डि मा। वि। का बिकास राइ तितिय र ज्ञानोदय मा। वि। कि रिचा थापाले सान्त्वना स्थान हासिल गरेका थिए ।

सोही कार्यक्रम समारोह माझबाट निबन्ध प्रतियोगिताका बिजयी एबम् कार्यक्रममा प्रस्तुती दिने बालबालिकाहरुलाई पुरस्कार बितरण गरिएको थियो ।

राष्ट्रिय बाल दिवसको सन्दर्भ माझ् आयोजित शो पुरस्कार बितरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफुले महानगरको बागडोर सम्हाल्दा देखी नै बालबालिकाको नैसर्गिक अधिकारको प्रत्याभुतीका लागि पहलकदमी चाल्दै आएको जनाउदै आफु बालबालिकाको सवालमा गम्भिर रहेको बताए । मेयर महर्जनले महानगरको आगामी निती तथा कार्यक्रममा निबन्ध मार्फत बालबालिकाले उठान गरेका भावनालाई समेटेर अघि बड्ने प्रतिबद्दहता समेत ब्यक्त गरे ।

कार्यक्रममा जिल्ला बालकल्याण समिति(ललितपुरका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बालबालिकालाई भबिस्यका कर्णधार भन्नुको अर्थ आजका बालबालिकाले नै भबिस्यमा विभिन्न पेशा ब्यवसायमा संलग्न रहदै राज्य संचालनमा भूमिका खेल्ने शक्ति हुन भन्न खोजिएको हो भन्दै बालबालिकाको जग राम्रो बसाउन राज्य गम्भिर ढंगले लागिपर्दै आइरहेको बताए ।

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिक्रित प्रेम प्रसाद भट्टराईले कार्यक्रम माझ् बोल्ने क्रममा ललितपुर महानगरपालिका बिगत देखी नै बालबालिका प्रती मैत्रीवत रहेको अौल्याउदै आगामी दिनहरुमा समेत बालबालिकाका निम्ती अझ सशक्त कार्यक्रम पस्कदै जाने प्रण गरे ।

कार्यक्रममाझ बालबालिकाको आवाजको प्रतिनिधित्व गर्दै ललितपुर महानगर स्तरिय बालक्लब संजालका अध्यक्ष संगीत खड्गीले बालबालिकाका निम्ती महानगरले बिगत देखी नै महत्व दिदै आएको प्रती क्रितग्यता प्रकट गर्दै आगामी दिनमा बालबालिकाका लागि थप लगानी आवश्यक रहेको अौल्याएका थिए ।

कार्यक्रमको अन्त्यमा सभापतिको आसनबाट बोल्दै ललितपुर महानगरपालिका सामाजिक विकास समितिका सम्योजक दिनेश कार्कीले बालबालिकाको भबिस्य प्रति महानगरको चिन्ता र चासो रहदै आएको तर्फ इन्कित गर्दै आगामी दिनमा अझ सवल कार्यक्रम प्रस्तुत गर्दै जाने प्रतिबद्दता ब्यक्त गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #बाल दिवस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545