Techie IT
आईतबार, वैशाख ७,२०८२

१० बुँदे कार्यान्वयन कार्यदलको संयोजकमा रावल


नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भएको बैठकमा १० बुँदे कार्यान्वयनका विषयमा छलफल भएको हो ।

धेरै ठाउँमा समस्या भएपनि हल भएको र १० बुँदे सहमति कार्यान्वयन गर्न पुरानै कार्यदलले कार्य सम्पादन गर्ने एमाले अध्यक्ष केपी ओलीले निर्देशन दिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । उनले पहिले निर्माण गरिएको कार्यदलमा शङ्कर पोखरेललाई थप गर्ने र संयोजन गर्ने जिम्मा उपाध्यक्ष भीम रावललाई दिने निर्णय गरेको उनले बताएका छन् ।

कार्यदलमा पहिलेदेखि नै ६ जना रहेको र त्यसमा एक जना शङ्कर पोखरेललाई थप गरी सात बनाइएको बताउँदै भट्टराईले यही कार्यदलले एमाले भित्र देखिएका सम्पूर्ण विवादहरूलाई समाधान गर्ने अख्तियारी पाएको बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भीम रावल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:32 am6:32 pm +0545