Techie IT
आईतबार, वैशाख ७,२०८२

चितवन प्रहरीको सक्रियता : नगद तथा गरगहना चोरी गर्ने महिला ३ घण्टा नबित्दै पक्राउ, सामान बरामद


चितवन । चितवनमा नगद तथा सुनचाँदीका गरगहना चोरी गर्ने एक जना महिला पक्राउ परेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार (बुधबार) दिउँसो पौने दुई बजेको समयमा भरतपुर महानगरपालिका वडा नंम्बर १० मा रहेको सावित्री दवाडीको घरबाट नगद तथा सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नंम्बर ५ बस्ने २४ बर्षिया पुष्पा सिटौलालाइ पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनलाई चोरी गरेको ३ घण्टा बित्न नपाउँदै जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको विशेष टोलीले साँझ ४:५० बजेको समयमा भरतपुर महानगरपालिका वडा नंम्बर ११ बाट पक्राउ गरेको हो । उनलाई फलामको रड बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिइएको थियो ।

पक्राउ परेकी सिटौलाको साथबाट चौध हजार तीन सय पचपन्न रुपैयाँ नगद सहित, चार थान सुनका मुन्द्रा, एक थान रड, एक थान कैंची, भिभो कम्पनीको एक थान मोबाईल तथा विभिन्न फोटोहरु ११ थान समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी उनलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।

मुलुकी अपराध संहिता, २०७४ परिच्छेद -२० चोरी तथा डाँका सम्बन्धी कसूरको दफा २४२ चोरी गर्ने गराउने व्यक्तिलाई तीन बर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545