एमाले स्थायी कमिटी बैठक : सबै पदाधिकारी प्रत्यक्ष निर्वाचनबाट

नेकपा (एमाले)ले सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरेको छ । यसअघि अध्यक्ष मात्र निर्वाचित गर्ने र अरू केन्द्रीय पदाधिकारी केन्द्रीय कमिटीले निर्वाचित गर्ने प्रस्ताव गरिएको थियो । तर, ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दुई दिनसम्म चलेको स्थायी कमिटी बैठकले पार्टीको विधानमा नवौ राष्ट्रिय महाधिवेशनको प्रक्रियालाई निरन्तरता दिएको छ ।
पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टीले सबै पदाधिकारीमा निर्वाचन गर्ने प्रस्ताव विधानमा राखिएको जानकारी दिए । उनले सबै स्थायी कमिटी सदस्यले दिएको सुझाव अनुसार पदाधिकारी निर्वाचन गर्ने सम्बन्धमा कुनै फेरबदल नगरिएको स्पष्ट पारे ।
‘सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था राखिएको छ । पार्टीको लोकतान्त्रिक प्रक्रिया र नेतृत्वको विकास गर्नका लागि प्रत्यक्ष निर्वाचित पदाधिकारी व्यवस्था गरिएको थियो,’ उनले भने । विधानको प्रस्तावमा उपाध्यक्ष तीन भनिए पनि स्थायी कमिटी सदस्यले तीनदेखि सात जनासम्म उपाध्यक्ष राख्न सुझाव दिएको उनले बताए ।
उनका अनुसार निवर्तमान अध्यक्ष पार्टीको वरिष्ठ नेता हुने व्यवस्था कायमै रहेको छ । राजनीतिक प्रतिवेदनमा पाँच वर्षमा पार्टीको समीक्षा गर्दै राजनीतिक प्राप्त उपलब्धिलाई रक्षा गर्दै सामाजिक र आर्थिक हिसाबले मुलुकलाई सबल बनाउने कुरा उल्लेख गरिएको छ । उनका अनुसार लोकतन्त्रलाई अझ बलियो बनाउँदै समाजवादीको दिशामा उन्मुख गरेर अगाडि बढ्नुपर्दछ भन्ने प्रतिवेदनमा उल्लेख छ ।
सांगठनिक प्रतिवेदनमा पार्टीभित्र देखिने अस्वस्थ प्रतिस्पर्धा, गुटबन्दी अन्तर्विरोधलाई सही ढंगले व्यवस्थापन गर्दै पार्टीलाई थप ढंगले सुदृढ बनाउने कुरा उल्लेख गरिएको छ ।
स्थायी कमिटी सदस्यले दिएको सुझाव विधान, राजनीतिक र सांगठनिक प्रतिवेदन लेखन समितिमा पठाइएको र त्यो समितिले केन्द्रीय कमिटी पेस गर्ने छ । केन्द्रीय कमिटीमा पेस गरिएको उक्त प्रतिवेदन स्थायी कमिटीले पुनः छलफलमा लगेर विधान महाधिवेशनमा लैजाने उनले बताए ।
बैठकले पार्टीको विधान संशोधन, राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदनका सम्बन्धमा सबै स्थायी सदस्यले सुझाव दिएका थिए । एमालेको विधान महाधिवेशन यही १५ असोजदेखि १७ असोजसम्म गोदावरीमा हुने भएको छ ।
उनले बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधि नामावली तयार गर्ने र महाधिवेशनको तयारीमा जुट्ने पनि निर्णय गरेको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले स्थायी कमिटी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्