Techie IT
शनिबार, वैशाख ६,२०८२

विनियोजन विधेयकमाथिको छलफल गर्न प्रतिनिधिसभा बैठक जारी


काठमाडौ । विनियोजन विधेयकमाथिको छलफल र जवाफ दिन प्रतिनिधिसभाको आजको बैठक केहीबेरअघि सुरु भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० को अवरोधकै बीच बैठक जारी रहेको हो । सभामुख अग्निप्रसााद सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमालेका सांसदहरुले नाराबाजी गर्दै रोस्ट्रम घेराउ गर्नुभएको थियो ।

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालयका शीर्षकका खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिइरहनुभएको छ ।

त्यस्तै ‘विनियोजन विधेयक, २०७८’ पारित गर्ने कार्यसूची पनि छ । अर्थमन्त्री शर्माले उक्त विधेयक प्रस्तुत गर्नुहुनेछ । प्रतिनिधिसभाबाट पारित विनियोजन विधेयक राष्ट्रियसभामा जानेछ । राष्ट्रियसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । राष्ट्रियसभाको बैठक मङ्गलबार बस्दैछ ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा बैठक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545