बागमती प्रदेशकै उत्कृष्ट चितवन प्रहरी छनौट

चितवन । जिल्ला प्रहरी कार्यालय चितवन बागमती प्रदेशकै अब्बल प्रहरी कार्यालय बन्न सफल भएको छ । आज (मंगलबार) बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सार्वजनिक गरेको प्रतिवेदनका क्रममा चितवन प्रहरी कार्य सम्पादनमा बागमती प्रदेशकै अब्बल भएको ठहरसहित पहिलो स्थानमा हासिल गर्न सफल भएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख (डीआइजी) प्रकाश जंग कार्कीका अनुसार काठमाडौं उपत्यका बाहेक विभिन्न दस जिल्लामा गरिएको कार्यसम्पादन मुल्यांकनका क्रममा श्रावण महिनामा समेत जिल्ला प्रहरी कार्यालय चितवनले प्रथम स्थान हासिल गर्न सफल भएको बताए ।
बागमती प्रदेश अन्तर्गत रहेका सम्पुर्ण जिल्ला प्रहरी कार्यालयहरुबाट सम्पादित कार्यहरुको तोकिएको सुचाँकको आधारमा हामीले यसरी नतिजा प्रकाशीत गरेका हौं । उनलेे भने, प्रदेश प्रहरी कार्यालयले अपराध नियन्त्रण, जिल्लाको शान्ति सुरक्षाको अवस्था, सामाजिक उत्तरदायित्व र कार्यालय प्रमुखको व्यवहारका आधारमा प्रदेशबाट खटिएको टोलीले प्रदेश अन्तर्गतका प्रहरी कार्यालयको मूल्यांकनपछि निर्णय गरिएको र त्यस मध्य चितवनले लगातार दोस्रो पटक पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए ।
अहिले चितवन प्रहरीको नेतृत्व (एसपी) ओम प्रसाद अधिकारीले गरिरहेका छन् । (एसपी) अधिकारीले जिल्लामा सरुवा भई आएपछि चितवन प्रहरीको सक्रिय भुमिका देखिदै गएको छ । अपराध हुनै नदिने यदी भइहाले अपराधीलाइ पक्राउ गरी कानुनी कठघरामा उभ्याइहाल्ने गतिविधि गर्दै आएका (एसपी) अधिकारी एउटा सफल अनुसन्धानकर्मीको रूपमा समेत चिनिन्छन् ।
उनी जिल्लामा सरुवा भएर आएपछि छोटो समयमै सयौं फरार प्रतिवादीलाइ पक्राउ गरी सम्मानित चितवन जिल्ला अदालतमा बुझाउन सफल भए । लागुऔषधको सञ्जाल तोड्दै आएका एसपी अधिकारीले मोटरसाइकल चोरहरुको समेत जालो तोड्न सफल भए । राष्ट्रब्यापी रूपमा चर्चाको बिषय बनेको राप्ती नगरपालिका ३ की सुजिता भण्डारी रहस्यमय मृत्यु प्रकरण नेपाली सेनाले सेनालाई नै गोली हानी हत्या गरेको घटनाको समेत सफल अनुसन्धान गर्दै अपराधी लाइ कानुनी कठघरामा उभ्याउन सफल भएका उनलेे केही समय अघि ब्यस्त बजारमा भएको मोबाईल चोरी प्रकरणमा समेत उनको नेतृत्वले सफल अनुसन्धान गरी कानुनी कठघरामा उभ्याउन सफल भएका थिए ।
यता, जिल्ला प्रहरी कार्यालय चितवनले पनि तोकिएको जिम्मेवारीमा उच्च ब्यवसायिकता प्रदर्शन गर्दै लगनशिल भई त्रुटीरहित ढंगले परिणाममुखी कार्य सम्पादन गर्दै चितवन जिल्लालाइ पहिलो स्थानमा पुर्याउन सहयोग गर्ने जिल्ला तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरु लाई सामुहिक कार्य (टिम ओर्क) को लागी धन्यवाद व्यक्त गरेको छ ।
आगामी दिनमा पनि सहयोगको निरन्तरता अपेक्षा गरिएको चितवन प्रहरीले सम्पादित कार्यको मुल्याङकन गर्दा जिल्ला प्रहरी कार्यालय चितवनलाई प्रथम स्थानमा छनौट गर्दै बागमती प्रदेश प्रहरी कार्यालय तथा प्रहरी नायव महानिरीक्षक प्रति समेत आभार ब्यक्त गरेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्