Techie IT
शुक्रबार, वैशाख ५,२०८२

एमालेले भाद्र ३१ गते समसामयिक परिस्थीतीबारे प्रशिक्षण दिने


काठमाडौ । एमाले पार्टी केन्द्रिय कमिटिको अपानी १२ को निर्देशन अनुसार भाद्र ३१ गते बिहिबार प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने प्रशिक्षण कार्यक्रममा अनिवार्य उपस्थीती हुन आब्हान गरेको छ ।

बिहान ११ बजेदेखी दिउँसो ४ बजेसम्म संचालन हुने सो कार्यक्रममा नगर कमिटिका सबै पदाधिकारहिरु , वडा कमिटिहरुका अध्यक्ष र सचिव , निर्वाचित सबै जनप्रतिनिधिहरु तथा जनसंगठनहरुका नगर कमिटिका प्रमुखहरुलाई अनिवार्य उपस्थीती हुन आब्हान गरेको छ ।

सो कार्यक्रममा पार्टी अध्यक्ष केपी ओलीले समसामयिक परिस्थीती र अवको राजनैतिक कार्यदिशा ,महासचिव ईश्वर पोखरेलले संगठन निमार्ण र कर्याकर्ताको दायीत्व , मुख्यमन्त्रि अष्टलक्ष्मी शाक्यले सुदृढ एमाले र आजको आवश्यकता र रामबहादुर थापाबाट कम्युनिष्ट आन्दोलनको मूल प्रवाह बिषयमा प्रशिक्षण हुने बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रशिक्षण कार्यक्रम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545