झाँक्रीमाथि यसरी खनिए केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका गतिविधिको विरोध गर्नेमाथि अङ्कुश लगाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । सोमबार काठमाडौँमा आयोजित युवा सङ्घको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको विरोध गर्नेलाई कारबाही गर्ने धम्की दिएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले आफ्नो नेतृत्वको सरकारले वाक स्वतन्त्रतामाथि अङ्कुश लगाएको भनेर विरोध गरे पनि अहिले बोल्न नसकेको तर्क गरे । उनले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको मौनताबारे प्रश्न उठाएका छन् । रामकुमारीको नाम नलिई एमाले अध्यक्ष ओलीले भने, ‘जो मन्त्री हुन खुट्टा उचालेर बसेका छन्, तिनै मान्छेहरू हिजो ज्याकेट दर्शकतिर फुत्त फ्याँकेर, मास्क स्टाइलिस पाराले फुत्त खोलेर, आफैँले टाँसेको टेप फिल्मी सटाइलमा निकालेर बोल्न पाइन्छ भन्थे । म अहिले सोध्न चाहन्छु तिनीहरू र तिनीहरूको सरकारलाई, बोल्न पाइन्छ कि पाइँदैन नेपालमा ? देशबारे बोल्न पाइन्छ कि पाइँदैन ? राष्ट्रियताबारे बोल्न पाइन्छ कि पाइँदैन ?’
ओलीले दुई महिना पुग्नलाग्दा पनि सरकार बिस्तारले पूर्णता नपाएको भन्दै ओलीले सरकारले कुनै पनि काम नगरेको आरोप लगाए । उनले सरकार जनता केन्द्रीय हुन नसकेको र सुखी नेपाली, समृद्ध नेपालको नारालाई अहिलेको सरकारले अङ्गीकार नगरेको बताएका छन् ।
त्यस्तै उनले अहिलेको सरकार केही दिनको पाहुना मात्रै भएको भन्दै सरकार धेरै दिन नटिक्ने जिकिर गरे । ओलीले गठबन्धन सरकारले दार्चुलामा तुइन चुँडिएको घटनाबारे भारतलाई सोध्न नसकेको आरोप लगाए । नेपाली भूभागमा अनुमतिविना भारतको हेलिकप्टर आए पनि त्यसबारे सरकार बेखबर रहेको उनले बताए । सम्बोधनका क्रममा ओलीले एमाले विभाजनको षड्यन्त्रमा सामेल भएको भन्दै सभामुखको निष्पक्ष भूमिका निर्वाह गर्न नसक्ने तर्क गरेका छन् । ओलीले भने, ‘पर्सि संसद सुरु हुँदैछ । हामी सोध्नै पर्नेहुन्छ, अग्निप्रसाद सापकोटा सभामुखको हो कि गठबन्धनको प्यादा ?’
प्रमुख प्रतिपक्षी पार्टी फटाउने षड्यन्त्रमा सामेल भएको र उनले निष्पक्ष रुपमा सभामुखको भूमिका निर्वाह गर्न नसक्ने ओलीले बताए । सभामुखको कुर्सीमा बसेर सापकोटाले संसद पुनर्स्थापना अधिनायकवादको पराजय हो भनेको भन्दै ओलीले अघि भने, ‘कुनै महत्व थाहा छैन, त्यस्तो मान्छे सभामुखको कुर्सीमा विराजमान छ । कस्तो दुर्भाग्य यो देशको, लडेर वलिदान दिएर यत्रो सिस्टम ल्याइयो । त्यो सिस्टमको टुप्पा टुप्पामा हेर्नुस् त कस्ता मान्छे छन् ?’
त्यस्तै एमालेका नेता सुवास नेम्वाङले अदालतले जन्माएको सरकारले सांसदलाई बिजनेस दिन नसकेको र सरकारले पनि काम गर्न नसकेको आरोप लगाएका छन् । सरकार गठन भएको ५० दिन कट्दा पनि सरकार विस्तार हुन नसकेको भन्दै नेम्वाङले सरकार विस्तार भएमा सरकार ढल् नसक्ने अवस्था भएको उल्लेख गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #केपी ओली
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्