Techie IT
शनिबार, वैशाख ६,२०८२

मादी घटनाको सत्यतथ्य छानविन गर्न काँग्रेस नेता दिपक खड्काको माग


नेपाली काँग्रेसका युवा नेता दिपक खड्काले संखुवासभा मादी नगरपालिकाको घटनाका दोषीलाई चाँडो पत्ता लगाएर कारबाही गर्न माग गर्नुभएको छ ।

पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री समेत रहनुभएका नेता खड्काले आज सामाजिक सञ्जाल फेसबुकमार्फत संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको भन्दै उक्त घटनाको दोषीलाई चाँडै पत्ता लगाएर कारबाही गर्न माग गर्नुभएको हो ।

“मादी घटनाले मलाई साह्रै दुःखीत बनाएको छ, के कारणले घटना घट्यो त्यसको सत्यतथ्य पत्ता लगाई दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दछु,”– उहाँले भन्नुभयो । काँग्रेस नेता खड्का विस २०७० को संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545