Techie IT
आईतबार, वैशाख ७,२०८२

प्रहरीलाई झुठो सूचना दिने एक जना पक्राउ


चितवन । प्रहरीलाई झुठो सूचना दिएर दु:ख दिन खोज्ने एक जनालाइ चितवन प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार एन.एम.बि बैंकको शाखा कार्यालयबाट दश लाख रुपैयाँ रकम निकालेर आउने क्रममा अपरिचित ब्यक्तिले आफुलाइ अपहरण गरी जंगलको झुपडीमा लगेर राखेको छ भनी प्रहरीलाई झुठो सूचना दिने बारा कोल्वी घर भई हाल भरतपुर महानगरपालिका १२ बस्ने ४५ बर्षिया राजकुमारी चौधरीलाइ प्रहरीले पक्राउ गरेको हो । चौधरीले गत, (सोमबार) प्रहरीलाई सूचना दिएकी थिइन् ।

अनुसन्धान गर्ने क्रममा प्रहरीले नगद लुटिएको भन्ने सूचना झुठो रहेको पत्ता लगाएपछि उनलाई आज (बिहीबार) प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकी उनीमाथि थप अनुसन्धान गर्ने कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545