Techie IT
शनिबार, वैशाख ६,२०८२

आज मेघ गर्जन र चट्टयाङसहित भारी वर्षातको सम्भावना


आज देशभरको मौसममा सामान्य बदली रही केहि स्थानमा मेघगर्जन र चट्याङसहितको भारी वर्षातको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

महाशाखाले आज देशको केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाको मौसम विभागले आज नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको र हाल देशभर सामान्य बदली रहि देशका अधिकाशं स्थानमा हल्का र केहि स्थानमा भारी वर्षासम्मको सम्भवना रहेको जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मेघ गर्जन र चट्टयाङसहित भारी वर्षात


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545