Techie IT
आईतबार, वैशाख ७,२०८२

भरतपुरबाट नगद ३ लाख १७ हजार रुपैयाँ सहित सात जुवाडे पक्राउ ( नाम सहित )


चितवन । चितवन प्रहरीले नगद ३ लाख १७ हजार रुपैयाँ सहित सात जना जुवाडेलाइ पक्राउ गरेको छ ।

प्रहरीले भरतपुर महानगरपालिका वर्डा नम्बर १६ स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला गेट नजिकै रहेको स्थानीय धिरेन्द्र हमालको घरबाट जुवा खेलीरहेको अवस्थामा एक महिला सहित ६ जनालाइ पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका वर्डा नम्बर १५ बस्ने बद्री लामा, सोही स्थान बस्ने हिमाली गुरुङ, बुद्धि राज महत्तो, राजकुमार शाही, लक्ष्मण श्रेष्ठ, मेघराज तामाङ र बिरेन्द्र ठकुरी रहेका छन् ।

उनीहरुलाइ जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी निरीक्षक धर्मराज खत्रीको कमान्डमा खटि गएको प्रहरीको विशेष टोलीले आज (बुधबार) बेलुकी ५ बजे पक्राउ गरेको बताइएको छ ।

पक्राउ परेकाहरूउपर आवश्यक अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ । उनीहरुलाइ अहिले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545