Techie IT
शुक्रबार, चैत्र २८,२०८१

मन्त्रालयको भागवण्डामा गठबन्धन दलबीच विवाद


काठमाडौँ, १५ भदौ । सत्तारुढ गठबन्धनका दलबीच मन्त्रालय भागवण्डा नमिलेपछि विवाद भएको छ ।

मंगलबार बालुवाटरमा भएको गठबन्धनका नेताहरुबीचको छलफलमा कसले कुन मन्त्रालय पाउनेबारे विवाद भएको हो ।

मन्त्रिमण्डललाई पूर्णता दिने विषयमा भएको छलफलमा नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबीच मालदार मन्त्रालयका विषयमा विवाद देखिएको हो ।

ति दुई दलहरुले पनि काँग्रेस र माओवादी जस्तै महत्वपूर्ण मन्त्रालय दावी गरेको बताइएको छ ।

माधव नेपालले आफ्नो पार्टीको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय हुनुपर्ने माग गरेका छन् ।

तर जसपाका उपेन्द्र यादवले नमानेको बताइएको छ । जसका कारण मन्त्रिपरिषद विस्तार अझै केही दिन ढिलो हुनसक्ने बुझिएको छ ।

मूख्यतः स्वार्थगत रुपमा अघि बढेको गठबन्धनले करिब २ महिना हुनलाग्दा पनि मन्त्रिमण्डललाई पूर्णता दिन सकेको छैन । यसको मूल कारण भने कुनै मुद्दामा होइन केवल कुन मन्त्रालयमा दावी गर्ने भन्ने विषय नै हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गठबन्धन दल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:41 am6:27 pm +0545