Techie IT
आईतबार, वैशाख ७,२०८२

फरार अपराधी खोज्दै चितवन प्रहरी : पाँच दिनको अवधिमा १२४ जना पक्राउ


चितवन । चितवन प्रहरीले फरार प्रतिवादीहरुलाइ पक्राउ गर्ने अभियानलाइ तीव्र रूपले अघि बढाएको छ । चितवनमा प्रहरी प्रमुखको रूपमा (एसपी) ओम प्रसाद अधिकारीले नेतृत्व सम्हालेसंगै जिल्लामा विभिन्न कसुरमा फरार रहदै आएका अपराधीहरुलाइ कानुनी कठघरामा उभ्याउँन प्रहरी सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले संचालन गरेको “फरार प्रतिवादी पक्राउ” अप्रेसनका क्रममा पाँच दिनको अवधिमा विभिन्न शिर्षकमा सजाय पाइ फरार रहेका ८ जना महिला सहित ११६ जना पुरुष गरी १२४ जना फरार प्रतिवादीलाइ पक्राउ गर्न प्रहरी सफल भएको हो । उनीहरुलाइ यहीँ भाद्र ८ गते देखी आज भाद्र १५ गते सम्मको अवधिमा पक्राउ गरेको बताइएको छ ।

फरार प्रतिवादी पक्राउ नामक अप्रेसन नै खडा गरेर जिल्लामा विभिन्न मुद्दामा कैद तथा जरीवाना सजाय पाएर लामो समयदेखि फरार रहेका व्यक्तिहरूलाई खोजतलास गरी फैसला कार्यान्वयनको लागि सम्मानित चितवन जिल्ला अदालतमा बुझाउँदै आएको प्रहरीले केही दिन अघि मात्रै पनि चार दिनको अवधिमा विभिन्न शिर्षकमा सजाय पाइ फरार रहेका ८१ जना पुरूष र ८ जना महिला गरी ८९ जना फरार प्रतिवादीहरुलाइ पक्राउ गर्न सफल भएको थियो ।

उनीहरु चोरी, लागू औषध, बहु बिबाह, बन पैदावार, कीर्ते, जुवा, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्ध बिच्छेद, सवारी अंगभंग, सवारी ज्यान लगायतका मुद्दामा कैद तथा जरिवाना तोकी फरार रहेका थिए ।

यसैबीच, प्रहरीले बिभिन्न मुद्दामा फरार रहेका ३५ जना फरार व्यक्तिहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित चितवन जिल्ला अदालतमा बुझाईएको छ । उनीहरुबाट १० बर्ष २२ दिन कैद र दुई लाख अठहत्तर हजार चार सय नब्बे रुपैयाँ रकम असुल उपर भएको चितवन प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545