आज पनि देशभर वर्षा हुने, अझै केही दिन नरोकिने

केही दिन यता देशभर भईरहको वर्षा हुने क्रम आज पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले मनसुनी वायुको न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकोले देशैभर सामान्यदेखि पूर्ण बदली भएर वर्षा भईरहेको पनि महाशाखको भनाइ छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको र यो क्रम आज दिनभर जारी रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने मेघ गर्जन र चट्याङ्ग सहित ठूलो वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
भोलि पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना रहेको तथा प्रदेश १, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित ठूलो वर्षाको सम्भावना रहेको छ ।
यस्तै पर्सी मंगलबार देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षा हुने छ भने प्रदेश १, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित ब्यापक वर्षाको हुने महाशाखाले जनाएको छ । निरन्तर झरीले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन भनेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #वर्षा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्