Techie IT
आईतबार, वैशाख ७,२०८२

टाँडी बजारमा रहेको एटुजेड मोवाईल हाउसमा चोरी


चितवन । चितवनको रत्ननगर नगरपालिका २ टाँडी बजारमा रहेको एटुजेड मोवाईल हाउसमा गएराती चोरी भएको छ । अज्ञात समूहले रडको प्रयोग गरी सटरको लक तोडेर मोबाइल हाउस भित्र रहेको ६ लाख मुल्य बराबरको ३२ थान मोबाईल सहित केही थान घडी चोरी गरी लगेको पसलका सञ्चालक दिवाकर गुरुङ्गले जानकारी दिए । उनका अनुसार पसलमा महंगो मुल्य पर्ने मोबाइल चोरी भएको छ ।

आज (शनिबार) विहान स्थानीयले सटर फोडेको देखेपछि प्रहरीलाई खवर गरेका थिए । एटुजेड मोबाईल हाउस जिल्लाकै लोकप्रिय र ठुलो पसल हो । यसको मुख्य कार्यालय भरतपुरको नारायणगढमा रहेको छ । भने, लायन्सचोक, टाँडी तथा जिल्ला बाहिर कावासोती बाट आफ्नो सेवा विस्तार गरेको छ । मोबाईल हाउसले झण्डै डेढ सय जना भन्दा बढीलाई रोजगारी समेत दिएको छ ।

प्रहरीलाई चुनौती दिदै चोर

यता, ईलाका प्रहरी कार्यालय रत्ननगरले भने, पसलमा रहेको सिसी क्यामेरामा कैद भएको चोरको हुलियाका आधारमा खोजीकार्य सुरु गरिएको जनाएको छ । जबकी चोरी भएको भनिएको एटुजेड मोवाईल हाउस बाट ईलाका प्रहरी कार्यालय रत्ननगर एक किलोमीटर दुरीमा मात्रै रहेको छ । त्यहाँ नजीकै प्रहरी बिट समेत छ ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गतको मुख्य बजारमै चोरी हुँदा समेत न त नजीकैको प्रहरी बिटले थाहा पाए, न त ईलाकाले नै । प्रहरी बिट समेतले थाहा नपाउनुले पनि रत्ननगरमा प्रहरीको शान्तिसुरक्षालाइ असफलताको रूपमा चित्रण गरेको छ ।

२४ सै घण्टा गस्तीमा हिंड्नुपर्ने प्रहरी रात परेपछि खासै बजारमा निस्किदैनन् । राती बजारमा देख्नुपर्ने प्रहरी समेत नौ बजेपछि खासै हुँदैनन् । जसले गर्दा चोरको बिगबिगी समेत बढ्दो छ । सूचना संकलनका लागी घुमुवा प्रहरी समेत खटाइएको छ । तर, पनि चोरीका घट्नालाइ नियन्त्रणमा लिन भने प्रहरी प्रायः असफल हुँदै आएको छ ।

पछिल्लो समय यस क्षेत्रमा चोरीका घट्नामा वृद्धि हुँदै गएको छ । यसअघि शृङ्खलाबद्ध रूपमा चोरीका घट्ना घटे पनि प्रहरीले खासै चासो भने दिएका थिएनन् । अहिले रत्ननगरमा प्रहरी प्रमुखको रूपमा इन्द्रबहादुर रानाले नेतृत्व सम्हालिरहेका छन् ।


क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545