थप दुई हजार ५२५ जनामा कोरोना सङ्क्रमणः ३५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा दुई हजार ५२५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या आठ लाख ३१ हजार ९६८ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार ९०९ जनाको पीसीआर परीक्षणमा दुई हजार २० तथा चार हजार ९०१ जनाको एन्टिजेन परीक्षणमा ५०५ जना गरी कूल दुई हजार ५२५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा दुई हजार ८६ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा सात लाख दुई हजार १८३ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९३ दशमलव पाँच प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार २५० रहेको छ ।
देशभर ६२० सङ्क्रमितको सघन उपचार कक्षमा तथा १७० सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । यसैगरी कोरोनाविरुद्धको पहिलो खोप लगाउनेको सङ्ख्या ४९ लाख ४३ हजार ७३२ तथा पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ३८ लाख ५७ हजार ५९८ पुगेको मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट थप ३५ को मृत्यु पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ५६८ पुगेको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कोरोना सङ्क्रमण
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्