खाँदबारीका कृषकलाई अनुदानमा ‘हाते ट्याक्टर’

खाँदबारी- संखुवासभाको खाँदबारी नगरपालिकाले अनुदानमा कृषकलाई ३३ वटा हाते ट्याक्टर (मिनि पावर टिलर) वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा कृषकहरुलाई हाते ट्याक्टर बितरण गरिएको हो ।
३३ वटा ट्याक्टर कृषक समुह र व्यवसायिक कृषकलाई बितरण गरिएको प्रमुख मुरारीप्रसाख खतिवडाले बताउनुभयो । शुक्रबार नगरपालिकाकाले कृषकलाई हाते ट्याक्टर हस्तान्तरण गरेको हो । प्रमुख खतिवडा, उपप्रमुख डेगेश्वरी श्रेष्ठले ट्याक्टर हस्तान्तरण गर्नुभयो । यसले कृषकलाई धेरै सहज बनाएको छ, नगरप्रमुख खतिवडाले भन्नुभयो, नगरका ११ वटै वडाका कृषकलाई लक्षित गरेर बितरण गरिएको हो । नगरले यस अघि ७१ वटा हाते ट्याक्टर बितरण गरिसकेको छ, खतिवडाले भन्नुभयो, कृषकको माग आए अझै ट्याक्टर उपलव्ध गराउने छौ ।
पछिल्लो समय कृषकहरुले हाते ट्याक्टरको माग गरेपछि संख्या थपेर बितरण गरिएको कृषि शाखाका प्रमुख दिपेन काफ्लेले बताउनुभयो । धेरै कृषकको रोजाईमा हाते ट्याक्टर परेकोले हरेक आर्थिक बर्षमा यसको संख्या बढाउँदै जाने छौ, काफ्लेले भन्नुभयो, अर्को बर्षदेखि कृषकको संख्या बढ्ने छ । यसको बजार मुल्य ४४ हजार ५ सय पर्छ । खाँदबारी नगरपालिका कृषि शाखाले किसानसंग ५० प्रतिशत अनुदान अर्थात २२ हजार २ सय पच्चास रुपैयामा बितरण गरेको हो ।
क्याटेगोरी : फोटो फिचर, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्