रत्ननगरमा रातको समयमा तरवार बोकी हिंड्ने २ जना पक्राउ

चितवन । चितवनमा रातको समयमा तरवार बोकी हिंड्ने २ जनालाइ टाँडी प्रहरीले पक्राउ गरेको छ । पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ११ सित्तलटोलस्थित सार्बजनिक कच्ची सडक खण्डमा शंकास्पद रुपमा हिंड्डुल गरिरहेको अवस्थामा फेला परेका सोही ठाउँ बस्ने ३२ बर्षिया सरोज तामाङ र २० बर्षिया समिर नेपालीलाई नियन्त्रणमा लिइ चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट प्रहरीले फलामको धारिलो धार भएको २ फिट ८ ईन्च लामो तरबार १ थान सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।
उनीहरुलाइ आइतबार राती १० बजेको समयमा रत्ननगर नगरपालिका वडा नम्बर ११ सित्तलटोलस्थित सार्बजनिक कच्ची सडक खण्डबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका आरोपितहरु माथि आवश्यक अनुसन्धान गर्न सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको टाँडी प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्