Techie IT
आईतबार, वैशाख ७,२०८२

बागमती प्रदेश प्रहरी प्रमुखद्वारा जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण


चितवन । वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश जंग कार्कीले आज (बिहीबार) जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण तथा अनुगमन गरेको छ । प्रहरी कार्यालयबाट सम्पादन हुने विभिन्न गतिविधि एवं अन्य श्रोत साधनहरुको निरीक्षण साथै अवलोकन गरी प्रहरी सेवा प्रवाहलाई थप चुस्तदुरुस्त बनाउने उद्देश्यले उक्त निरीक्षण गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी अधिकारीहरुसँग भेटघाट गर्दै प्रदेश प्रहरी प्रमुख समेत रहेका कार्कीले समग्र जिल्लाको शान्ति सुरक्षाको अवस्था र भइरहेका कामकारवाहीका सन्दर्भ बारे जानकारी लिएका हुन् ।

कार्यालयको सम्पुर्ण शाखा, मेश, भवन, हिरासत कक्ष र ब्यारेक भवनको निरीक्षण गर्दै प्रहरी अधिकृत तथा जवानहरुलाई (कोभिड १९) को प्रतिकुल समयमा पनि चितवन प्रहरीले गरिरहेको कामकारबाही उत्कृष्ट रहेको भन्दै प्रशंसा समेत ब्यक्त गरे । निरीक्षणका क्रममा उनले त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुलाई जनमुखी प्रहरी सेवा प्रवाहका विषयमा समेत निर्देशन दिएका छन् ।

चितवन प्रहरी भनेको माहानगरमा खटिने प्रहरी भएकोले शारीरिक तथा मानसिक रुपमा दुरुस्त रही अझै सक्रिय रूपमा उच्च मनोबलका साथ काम गर्न, उच्च नैतिक आचरण र व्यवहार प्रदर्शन गरी आफ्नो पेशागत कर्तव्य पुरा गर्न तथा प्रहरी कर्मचारीहरुले आफूलाई तोकिएको र दिईएको जिम्मेवारीलाई उच्च सतर्कताका साथ कार्यसम्पादन गर्नुपर्ने बताउँदै नागरिक संग सभ्य, मर्यादित एवं शिष्ट व्यवहारसंगै प्रहरी काम कारवाहीमा कडा रुपमा प्रस्तुत हुन उनले निर्देशन गरेका थिए । कार्कीले गएको असार १४ गतेदेखि प्रदेश प्रहरी प्रमुखको रूपमा नेतृत्व सम्हाल्दै आएका छन् ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545