लुम्बिनी प्रदेश नयाँ मुख्यमन्त्रीका माओवादी केन्द्रका नेता कुलप्रसाद केसीको दाबी पेस

लुम्बिनी प्रदेश सरकारमा दाबी गर्दै चार दलीय गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको छ । नयाँ सरकार गठनको लागि लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी प्रस्तुत गरेका हुन् ।
माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम) लाई ४२ जना सांसदको समर्थन रहेको भन्दै गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका हुन् ।चारै दलको संसदीय दलको नेता, दलको निर्णय र सिफारिससहित प्रदेश प्रमुखकोमा गएका थिए ।
दलहरुको दाबीसहितको पत्र बुझ्दै प्रदेश प्रमुख अमिक शेरचनले समयसिमाभित्र अरुको दाबी आउने नआउने हेर्ने र मुख्यमन्त्रीको दाबीमाथि अध्ययन गरी नियुक्ति प्रक्रिया अघि बढाउने बताएका छन्। एमालेकातर्फबाट मुख्यमन्त्री बनेका शंकर पोखरेलको राजीनामासँगै प्रदेश प्रमुख अमिक शेरचनले बुधबार सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका थिए ।
यस्तै मुख्यमन्त्रीमा आलोपालो नेतृत्व गर्ने निर्णय भएको छ ।मुख्यमन्त्रीमा माओवादी केन्द्र र काँग्रेसले आलोपालो गर्ने, जनता समाजवादीलाई सरकारमा सहभागी बनाउने र राष्ट्रिय जनमोर्चा सरकार बाहिरै बसेर सहयोग गर्ने निर्णय भएको छ ।
सुरुवातमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने र त्यसपछि काँग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कानोडियालाई मुख्यमन्त्री बनाउने तयारी छ । फागुन ३ गते प्रदेशसभा दिवस र जनयुद्ध दिवस मनाएपछि केसीले मुख्यमन्त्रीबाट राजीनामा दिने सहमति भएको र गठबन्धनमा सबै
क्याटेगोरी : समाचार
ट्याग : #लुम्बिनी प्रदेश
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्