Techie IT
आईतबार, वैशाख ७,२०८२

प्रतिबन्धित लागूऔषध सहित एक जना पक्राउ


चितवन । चितवनको कालिका नगरपालिकाबाट  प्रतिबन्धित लागूऔषध सहित एक जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

हिजो (मंगलबार) दिउँसो ४ बजे कालिका नगरपालिका वडा नम्बर ३ स्थित मिलिजुली टोलबाट सोही नगरपालिकाको वडा नंम्बर ७ स्थित नमुनाटोल बस्ने २४ बर्षिया बिजय सुनारलाइ प्रहरीले पक्राउ गरी आज (बुधबार) सार्वजनिक गरेको हो ।

प्रहरी चौकी जुटपानीका प्रहरी इन्चार्ज पदम बहादुर बस्ताकोटीको कमान्डमा खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको बताइएको छ । सुनारले पोलिथिनको झोला बोकी शंकास्पद रुपमा हिंडिरहेको अवस्थामा शंका लागी चेकजाँच गर्दा प्रतिवन्धित लागूऔषध जस्तो देखिने नाइट्राजेपाम ट्याब्लेट्स आइपी, नाइट्राभेट १० लेखिएको पन्ध्र सय थान ट्यावलेटहरु सहित उनलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका सुनारविरुद्ध लागूऔषध ऐन २०३३ अन्तर्गतको मुद्धामा सम्मानित चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राख्ने अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनलाई अहिले टाँडी प्रहरीले आफ्नु नियन्त्रणमा राखेको छ ।

जुटपानीमा सई पदम बहादुर बस्ताकोटीले इन्चार्जको रूपमा जिम्मेवारी सम्हालिरहेका छन् । उनलेे त्यहाँको जिम्मेवारी सम्हालेको २० दिनको अवधिमा मंगलबार ठुलो परिमाणमा लागूऔषधसहित उनलाई नियन्त्रणमा लिन सफल भएको प्रहरी स्रोतले जनाएको छ । यस अघि जुटपानी प्रहरीले नै ३१ सेट लागूऔषध सहित २ जना तथा वन मुद्दामा फरार रहेका एक जनालाइ समेत पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाइसकेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545