Techie IT
बुधबार, माघ २३,२०८१

प्रेमीको घरमा प्रेमिकाद्वारा झुण्डिएर आत्महत्या


उदयपुरको त्रियुगा नगरपालिकामा प्रेमिकाले प्रेमीको घरमा झुण्डिएर आत्महत्या गरेकी छन् । वेलका नगरपालिका–२ करहैयाकी सावित्रा कुमारी चौधरीले २४ साउनमा प्रेमी त्रियुगा–३ ठाँडीका विष्णुदेव पञ्जियारको घरमा पुगेर आत्महत्या गरेकी हुन् ।

सावित्रा २३ साउनमा विष्णुका घरमा पुगेकी थिइन् । उदयपुर प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार सावित्राले विष्णुको घरको बलोमा सलको पासो लगाएर आत्महत्या गरेकी हुन् । २४ वर्षीय विष्णु र ३१ वर्षीया सावित्रा डेढ वर्षदेखि प्रेम सम्बन्धमा थिए । विष्णु नेपाल विद्युत् प्राधिकरण बेल्टार शाखा स्थित हडियामा कार्यरत थिए । इलेक्ट्रिसियन पदमा कार्यरत विष्णुको सावित्रासँग त्यहीँ चिनजान भएको थियो ।

विष्णुको घरमा अर्की युवतीसमेत रहेको चाल पाएपछि सहन नसकेर सावित्राले आत्महत्या गरेको प्रहरीले जनाएको छ । यसैबीच मृतकका बाबु देवनारायण चौधरीको उजुरीका आधारमा प्रहरीले विष्णुदेवलाई नियन्त्रणमा लिएर आत्महत्या दुरुत्साहन मुद्दामा कारबाही अघि बढाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #आत्महत्या


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
13°
Fair
6:46 am5:48 pm +0545