Techie IT
आईतबार, वैशाख ७,२०८२

चितवनमा दुइ जना फरार प्रतिवादी पक्राउ


चितवन । चितवन प्रहरीले दुइ जना फरार प्रतिवादीलाइ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार बन पैदावर चोरी निकासी तथा सरकारी छाप दस्तखत किर्ते मुद्दामा फरार दुइ जना प्रतिवादीलाइ पक्राउ गरेको जनाएको हो ।

प्रहरीका अनुसार जिल्ला अदालत चितवनको गत, मंसिर १७ गतेको फैसलाले बन पैदावर चोरी निकासी मुद्दामा दुई लाख छ हजार नौ सय साठी जरीवाना तोकेर फरार रहेका खैरहनी नगरपालिका वडा नम्बर १ बस्ने ३० बर्षीया बिनोद बुर्लाकोटी र जिल्ला अदालत धादिङको २०७४ माघ २८ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ बर्ष कैद र पचास रुपैयाँ  जरीवाना तोकेर फरार रहेका साविक खैरहनी नगरपालिका वडा नम्बर २ बस्ने २६ बर्षीया संजोग भट्ट लाई हिजो (आइतबार) पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो । पक्राउ परेका दुवैलाइ फैसला कार्यान्वयनका लागी सम्मानित चितवन जिल्ला अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545