Techie IT
बुधबार, माघ २३,२०८१

काठमाडौं उपत्यकामा जापानबाट ल्याइएको एस्ट्राजेने खोप आजदेखि लगाइने


काठमाडौं, २५ साउन । सरकारले आजदेखि भुटान र जापानबाट ल्याइएको एस्ट्राजेनेका खोप लगाइदिने भएको छ ।

प्रदेश–१ र प्रदेश–२ बाहेकका पाँचवटा प्रदेशमा आजदेखि खोप अभियान शुरु हुनेछ । प्रदेश–१ र २ मा केही समयभित्रै खोपको मिति तोकिने स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख झलक शर्मा गौतमले जानकारी दिए ।

भुटान र जापानबाट ल्याइएको एस्ट्राजेनेका खोप कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका १३ लाख ६८ हजार १७६ जना ज्येष्ठ नागरिकलाई दिइनेछ ।

खोप लगाउनका लागि काठमाडौंमा १ सय ४४ केन्द्र तोकिएको छ । अरु जिल्लामा पनि सम्बन्धित गाउँपालिका र नगरपालिकाहरूले खोप केन्द्र तोकेका छन् ।

यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरूमा नै एस्ट्राजेनेका खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #एस्ट्राजेने खोप


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
6:46 am5:48 pm +0545