यहि साउन २६ गते देखि ३० गते सम्म पाँच दिन उद्घोषण कला तालिम हुने
यहि साउन २६ गते देखि ३० गते सम्म पाँच दिन उद्घोषण कला तालिम हुने भएको छ। सार्वजनिक भाषण कला र कार्यक्रम संचालनका विभिन्न शैदान्तिक र प्रयोगात्मक विषयहरु समेटेर तयार पारिएको पाठ्यक्रमका आधारमा सो तालिम हुनेछ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० मिलन चोकमा रहेको जोसेफ मावीमा बेलुका ४.३० बजे देखि ६.३० बजे सम्म दुई घण्टा संचालन हुने सो तालिममा जो सुकै पनि सहभागी हुन् सक्ने आयोजक संस्थाले जानकारी दिएको छ।
सहभागीहरुको क्षेमता विकासका लागि उद्घोषण कलाको परिचय ,गुण ,शिप ,कार्यक्रम तालिका निर्माण ,संचालन ,नमुना कार्यक्रम प्रस्तुति,वक्तृत्व कला प्रतियोगिता जस्ता विषयहरु समेटेर संचालन गरिने सो तालिममा सहभागिताका लागि ९८५११८५५७० वा ९८४११७६७९६ मा सम्पर्क गर्न सकिने प्रशिक्षक पुन्यराज पुडासैनीले जानकारी दिएका छन।
औपचारिक/अनौपचारिक कार्यक्रम ,संबोधन , प्रस्तुतिकरण ,प्राविधिक शिप सहित मंचमा निर्धक्क संग बोल्न सक्ने गरी ५ दिन हुने उक्त तालिमको प्रवेस शुल्क २ हजार रहेको जानकारी दिदै आयोजक विकल सापकोटाले उक्त तालिममा सहभागिताका लागि साउन २५ गते भित्र नाम दर्ता गराइसक्नु पर्ने बताएका छन।
क्याटेगोरी : समाचार
ट्याग : #उद्घोषण कला
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्