Techie IT
बुधबार, माघ २३,२०८१

सत्तारुढ गठबन्धनको कार्यदलले साझा कार्यक्रम सार्वजनिक गर्ने


काठमाडौं, २४ साउन । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आज (आइतबार) सार्वजनिक गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धनको बैठकले आइतबार उक्त कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

कार्यदलले गठबन्धनको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई शुक्रबार हस्तान्तरण गरेको थियो ।

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ ।

सत्ता गठबन्धनले शान्ति प्रक्रियाको पूर्णतासहित शान्ति सुव्यवस्था र सुशासन तथा समाजिक रुपान्तरणलाई प्राथमिकतामा राखेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सत्तारुढ गठबन्धन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
6:46 am5:48 pm +0545