अन्ततः कक्षा १२ को परीक्षा पुनः स्थगित
साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
बोर्डको आज शनिबार बसेको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको हो ।
कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण परीक्षा सञ्चालन गर्न कठिनाइ उत्पन्न भएकाले स्थगित गरिएको बोर्डको भनाइ छ । हाल स्थगित गरिएको परीक्षा अब १५ दिनअघि सूचना निकालेर पछि सञ्चालन गरिने छ ।
यसअघि कोरोना महामारीका कारण रोकिएको उक्त परीक्षा यही साउन ३१ गतेदेखि शुरु गर्ने तयारी बोर्डले गरिरहेका बेला पुनः स्थगित गर्न स्वास्थ्य मन्त्रालयले हिजो शुक्रबार कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)लाई सिफारिश गरेको थियो । त्यसको भोलिपल्ट आज बोर्डको बैठक बसेर परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
बोर्डले भौतिक दूरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्ने गरी तयारी थालेको थियो । परीक्षा अगावै अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने, परीक्षा केन्द्रमा स्वास्थ्य परीक्षण गर्ने र केन्द्रमा हेल्थडेस्क राख्ने लगायतको तयारी थियो ।
तर पछिल्लो समय कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेको भन्दै स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न शिक्षा मन्त्रालय र सीसीएमसीलाई सिफारिश गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय परीक्षा बोर्ड
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्