जिल्ला अस्पताल संखुवासभाले भेन्टिलेटर सहितको आईसियु सञ्चालन गर्ने

खांदबारी – संखुवासभा जिल्ला अस्पतालले भेन्टिलेटर सहितको आईसियु सञ्चालन गर्ने भएको छ । दुई शैयाको भेन्टिलेटर सेवा र ५ बेडको आईसियु सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको अस्पताल प्रशासनले जनाएको छ । आईसियु सञ्चालनका लागि अस्पतालले २१ प्रकारका सामाग्री खरिद प्रक्रिया अघि बढाईसकेको छ । यसका लागि अक्सिजन प्लान्टको काम पनि तिब्रगतिमा भईरहेको छ । अस्पतालका प्रमुख सुन्दरश्याम झाका अनुसार आईसियु सेटअपका लागि २१ प्रकारका सामाग्री साउन २० सम्ममा जिल्ला अस्पतालमा ल्याईने छ । यसका लागि ¥यापिट ट्रेडर्सलाई छनौट गरिसकेको छ ।
अब बिशेषज्ञ सेवाका लागि संखुवासभा र भोजपुरबासीले बाहिर जानु नपर्ने र जिल्लामै उपचार सेवा भरपर्दो हुने अस्पताल प्रमुख झाले बताउनुभयो । अस्पतालले विशेषज्ञ सेवा सञ्चालनका लागि डिफिब्रेटर ३ थान, एबिजी मेसिन २ थान, अत्याधुनिक भिडियो एक्सरे मेसिन फोरडि १ थान लगायतका २१ प्रकारका सामाग्री खरिद गर्ने छ । यस अघि ९ सय मेगावाट अरुण तेश्रो आयोजना एसजेभिएनले अस्पताललाई २ थान भेन्टिलेटर र आईसियु सञ्चालनका लागि आवश्यक उपकरण उपलव्ध गराईसकेको अस्पतालका प्रशासन प्रमुख दीपेश श्रेष्ठले बताउनुभयो । स्वास्थ्य उपकरण र सामाग्री भएर पनि हामीले सेवा दिन सकेका थिएनौ, श्रेष्ठले भन्नुभयो, यो सेवाका लागि अति आवश्यक पर्ने अक्सिजन प्लान्ट यसैसाता जोडिसक्ने छौ, त्यसपछि सेवा सुरु गर्ने छौ ।
भेन्टिलेटर र आईसियु सञ्चालनका लागि कुनिना शैक्षिक गुठीले १८ लाख रुपैयाँ सहयोग गरेको श्रेष्ठले बताउनुभयो । कुनिनाले उपलव्ध गराएको १८ लाखले बिशेषज्ञ चिकित्सक ल्याउने सम्झौता भएको छ । ६ महिनालाई यो सेवालाई चिकित्सकको व्यवस्थापनका लागि खर्च जुटिसकेको छ, उँहाले भन्नुभयो, सेवा नियमित हुनेछ । नयाँ खरिद गर्न लागेको २ वटा र अरुण तेश्रोले दिएको २ वटा भेन्टिलेटर सञ्चालनमा आउने पनि श्रेष्ठले बताउनुभयो । यी सेवाका लागि अस्पतालले गुणस्तरिय स्वास्थ्य सामाग्री खरिद गरेको उँहाको भनाई छ । प्रदेश १ मा यो अस्पताल भेन्टिलेटर सहितको आईसियु सेवा सञ्चालन गर्ने पहिलो हुने अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालले स्वास्थ्य सामाग्री खरिदको बिषयमा भएको टिक्काटिप्पणीको पछि नलाग्न आग्रह समेत गरेको छ । यी सामाग्री सार्वजनिक खरिद ऐनको परिधि भित्र रहेर खरिद गरिएको हो । अस्पतालका प्रमख डा सुन्दरश्याम झाले विज्ञप्ती जारी गरेर स्वास्थ्य सामाग्री र उपकरण गुणस्तरिय ल्याउने दाबी गर्नुभएको छ । झाले जारी गरेको विज्ञप्तीमा वायोमेडिकल ईन्जिनियर अमितकुमार चौधरीको उपस्थीतिमा स्वास्थ्य सामाग्री र उपकरणको परिक्षण र गुणस्तर मापन हुने उल्लेख गरिएको छ । अस्पतालले राजनीतिक दल, नागरिक समाज, पत्रकार र सरोकारवाला संग अन्तरक्रिया समेत गर्ने जनाएको छ ।
क्याटेगोरी : विशेष, समाचार, स्वास्थ्य
ट्याग : #जिल्ला अस्पताल संखुवासभा, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्