Techie IT
आईतबार, वैशाख ७,२०८२

अवैध लागूऔषध सहित एक जना पक्राउ


चितवन । चितवनमा अवैध लागूऔषध सहित एक जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार (बुधबार) राती अन्दाजी ११ बजेको समयमा भरतपुर महानगरपालिका १ लिलाचोकबाट बुटवल देखी पोखरा तर्फ जाँदै गरेकी पोखरा महानगरपालिका १० स्थित रामघाट बस्ने १९ बर्षीया निकेश गुरुङलाई पक्राउ गरेको हो ।

वर्डा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीको टोलीले शंका लागी चेकजाँच गर्दा गुरुङको साथबाट नुफिम (३०) पिस, डाईजेपाम (३०) पिस, तथा फेनरागन (३०) पिस बरामद गरिएको जनाइएको छ ।

लागूऔषध सहित पक्राउ परेकी गुरुङलाई आवश्यक कार्वाहीको लागी अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याइएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान गर्न सम्मानित चितवन जिल्ला अदालतबाट लागुऔषध मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545