Techie IT
आईतबार, वैशाख ७,२०८२

चौतर्फी दबाब आएपछि भीम रावलले लिए राजीनामा फिर्ता


नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् । चौतर्फी दबाब आएपछि उनले आज राजीनामा फिर्ता लिएका हुन् ।

रावलले आज सभाामुखलाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिएको बताएका छन् ।

रावलले असार ३ गते शेरबहादुर देउवाले विश्वासको मत लिनुभन्दा केही घण्टाअघि राजीनामा दिएका थिए । देउवालाई विश्वासको मत दिने नदिनेबारे एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग खटपट भएपछि उनले राजीनामा दिएका थिए ।

राजीनामा फिर्ता गर्न आग्रह गर्दै एमाले वरिष्ठ नेता नेपाल बिहीबार रावल निवास टोखा पुगेका थिए । त्यस्तै‚ सुदूरपश्चिम प्रदेशका सांसदहरुले पनि उनलाई राजीनामा फिर्ता लिन दवाब दिएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #भीम रावल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:32 am6:32 pm +0545