Techie IT
शनिबार, वैशाख ६,२०८२

एमाले मिलाउन ओलीलाईनै जिम्मेवारी


काठमाडौं, ८ साउन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बहिष्कार गर्दै आएको सो केन्द्रीय कमिटी बैठकले पार्टीलाई एकताबद्ध बनाउन अध्यक्षले अधिकतम लचकता अपनाएर भए पनि एकताबद्ध बनाउने निर्णय गरेको एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

४ साउनदेखि जारी केन्द्रीय कमिटी बैठक बिहीबार विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । नेपाली कम्युनिस्ट आन्दोलनको विकास, यसका अन्तरसंघर्ष र पछिल्लो समय आन्दोलनमा हुर्किंदै गएका विभिन्न स्वरूपका अवसरवादको आलोचना, खण्डन र भण्डाफोर गर्ने काम एमालेले गर्नेछ ।

पार्टी सदस्यता नवीकरणका साथै योग्यता पुगेकाहरूलाई नयाँ सदस्यता वितरणमा तीव्रता दिने निर्णय बैठकले गरेको छ । आधुनिक प्रविधिको प्रयोगमार्फत सदस्यता आवेदन, अद्यावधिक र नवीकरणमा सहजता, पारदर्शिता र तीव्रता दिने निर्णय बैठकले गरेको प्रवक्ता ज्ञवालीले बताए ।

मुुलुकमा नयाँ संविधान, नयाँ राजनीतिक व्यवस्था र संघीय प्रणाली लागू भइसकेको परिप्रेक्ष्यमा पार्टी निर्माणका यावत् प्रश्नबारे बहस गर्न र नयाँ अवधारणा विकास गर्न विधान अधिवेशन आयोजना गर्ने ।

आगामी असोज महिनाअगावै देशका सबै वडा तथा पालिका तहमा पार्टी अधिवेशन सम्पन्न गर्ने र स्थानीय तहको निर्वाचनको तयारीमा जुटने निर्णय बैठकले गरेको छ । यस्तै, बैठकले पार्टी एकताका लागि विघठित कार्यदलले बुझाएको १० बुँदे प्रस्तावको कार्यान्वयनसँगै पार्टीको संगठनात्मक व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

पार्टी एकताको अभियानमा जोडिएका विभिन्न नेता कार्यकर्ताहरूको संगठनात्मक व्यवस्थापनको काम यथाशीघ्र सम्पन्न गर्दै त्यस क्रममा आएका पार्टी सदस्यको अभिलेख एकीकृत र अद्यावधिक गरिने भएको छ ।

‘पार्टीको सरकारलाई विस्थापन गर्न, पार्टीलाई विभाजन गर्न र विरोधीहरूलाई सघाउ पु¥याउन मुख्य भूमिका खेल्ने तŒव र प्रवृत्तिको दृढतापूर्वक मुकाबिला गर्दै पार्टीलाई सुदृढीकरण एवं शुद्धीकरण गर्ने’ बैठकपछि प्रवक्ता ज्ञवालीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पार्टी सदस्यता र कमिटीगत संरचनाका महिलाहरूको न्यूनतम एक तिहाइ सहभागिता र श्रमजीवी, दलित, आदिवासी जनजाति, मुस्लिम, थारू, अल्पसंख्यक समुदाय र युवाको सहभागिता अभिवृद्धिको काम योजनाबद्ध ढंगले अगाडि बढाउने योजना एमालेले बनाएको छ । सुभाष साहले राजधानी दैनिकमा समाचार लेखेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545