फुटुङ्ग ,चिम्वरपोखरी सडक दयनीय : सार्बजनीक यातायात बन्द

काठमाडौ । तारकेश्वरमा अवस्थीत फुटुङ्ग , चिम्वरपोखरी सडक यतीबेला दहीनीय अवस्थामा छ ।
असारे बिकाश वा बर्खायाममा ढल खन्दा तत्काल मर्मतसम्भार नगरी यथास्थितिमा सडकलाइ मर्मत तथा ग्राभेल नगर्दा अहिले फुटुङ्ग चिम्वरपोखरी , टारसडक खण्डको अवस्था दहीनीय रहेको छ भने सवारी साधन ठप्प छ ।
उतरी भेगको सबैभन्दा पुरानो काठमाडौ महानगरसंगै जोडीएको यो सडकको अवस्था दिनप्रतिदिन दहीनीय अवस्थामा रहेको छ ।
बिरामी बोक्ने एम्बुलेन्स तथा आवतजावत गर्न र खाद्यान्न ढुवानीका लागि अत्यन्तै समस्या भएको स्थानिय बताउछन ।
सडकको पनि उचित मर्मत संहार नगर्दा सो क्षेत्रमा गाडी चलाएर जीवन गुजारा गर्दै आएका चालकले ठुलो समस्या परेका छन ।
कोरोना महामारीबाट थल्लीएका सवारी चालक तथा यातायात ब्यवसाहीहरु बिस्तारै तङ्गरने अवस्थामा नाजुक सडककै कारण यातायात बन्द गर्न परेको यातायात ब्यवसायी गणेश तिमिल्सिना बताउछन ।
सडक क्षतिग्रस्त भएपछि यतिबेला सडकमा सवारी साधन गुड्न छाडेका छन।
तारकेश्वर नगरपालीकाले बजेटको अधिकांश रकम सडकमा हालेको भए पनि त्यसको उचित सदुपयोग र गुणस्तरीय काम नहुँदा समस्या भएको हो ।
सडक निमार्णका लागी तारकेश्वर यातायात प्रा.लीले पटक पटक आग्रह गर्दा पनि स्थानिय सरकारले नसुनेको र आजै नगरपालीकामा ज्ञापन पत्र बुझाउने उनीहरुको तयारी छ ।
हाल सो सडक खण्ड अन्र्तगत वडा नं ७ को सडकको अवस्था नाजुक रहेको छ भने वडा नं १ साङ्गलाको सडक कालोपत्रे भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #चिम्वरपोखरी सडक, #फुटुङ्ग
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्