चितवनमा एटीएमको बुथभित्र तोडफोड गरी चोरी गर्न खोज्ने एक जना पक्राउ

चितवन । चितवनमा एटीएमको बुथभित्र तोडफोड गरी चोरी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार आज (बुधबार) बिहान १२ बजेर ३७ मिनेटको समयमा रत्ननगर नगरपालिका वडा नम्बर ०१ टाँडीस्थित रहेको माछापुच्छ्रे बैंक लिमिटेडको शाखामा रहेको एटीएम बुथभित्र तोडफोड गरी रकम चोरी गर्न खोज्ने रत्ननगर नगरपालिका वडा नम्बर ०२ आदर्शनगर बस्ने २८ बर्षीया पुष्प भन्ने भरत परियारलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।
परियारलाइ घट्ना घटेको १२ घण्टा बित्न नपाउँदै आज (बुधबार) बिहान ११ बजे ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीको विशेष टोलीले तोडफोड गर्न प्रयोग गरिएको फलामको हथौंडा एक थान सहित पक्राउ गर्न सफल भएको बताइएको छ । पक्राउ परेका उनीमाथी चोरी उद्योगमा मुद्दा चलाई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ । उनलाई भोली (बिहीबार) अदालतमा बुझाउने तयारी प्रहरीको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्