नेपाल प्रहरी अस्पतालभित्र गुणस्तरीय सेवा -सर्वेन्द्र खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बिरामीको गुनासो नआउने गरी समानरुपले गुणस्तरीय सेवा दिनुपर्ने बताउनुभएको छ ।
नेपाल प्रहरी अस्पतालभित्र निर्माण भएको काली मन्दिर उद्घाटन, इमर्जेन्सी तथा ओपिडी र महिला ब्यारेक भवनको शिलान्यास र हस्पिटल म्यानेजमेन्ट इन्फरमेसन सिस्टमको आज उद्घाटन गर्र्दै उहाँले सो कुरा बताउनुभएको हो ।
महानिरीक्षक खनालले अपराध नियन्त्रण र कानून कार्यान्वयनमा प्रहरीले विशेष ध्यान दिनुपर्नेमा जोड दिदैं नेपाल प्रहरीको शिर उँचो पार्ने कार्य गर्न आफू तल्लीन रहेको हुँदा उक्त अभियानलाई सफल पार्न अस्पताललगायत सबै इकाइका प्रहरी आआफ्नोतर्फबाट लाग्नुपर्ने बताउनुभयो ।
“प्रहरी अस्पतालले उत्कृष्ट सेवा दिँदै आएको छ, आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा महानिरीक्षक खनालले अस्पतालबाट प्रकाशित ‘नेपाल मेडिकल जर्नल’ विमोचन गर्नुका साथै उत्कृष्ट काम गर्ने अस्पतालका कर्मचारीलाई नगद पुरस्कारसमेत प्रदान गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #सर्वेन्द्र खनाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्