बैंकिङ कसुरमा फरार झापाका ढुंगेल चितवनबाट पक्राउ

चितवन । बैंकिङ कसुरमा तीन महिनादेखि फरार रहदै आएका झापाका एक युवालाइ चितवन प्रहरीले आज (बिहीबार) पक्राउ गरेको छ ।
सम्मानित उच्च अदालत पाटनको गत, चैत २२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १५ दिन कैद र दुई करोड छपन्न लाख रुपैयाँ जरिवाना फैसला सुनाई फरार रहदै आएका झापाको दमक नगरपालिका वडा नंम्बर १६ तथा साविकको गोर्खेधाप गा.वि.स. वडा नंम्बर १ स्थाई ठेगाना भई हाल काठमाण्डौको चन्द्रगिरी नगरपालिका वडा नंम्बर १५ तीनथाना बस्ने ५५ बर्षीया गोपाल प्रसाद ढुंगेललाइ चितवनको रत्ननगर नगरपालिका वडा नंम्बर ११ जिरौनाबाट प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
प्रहरीका अनुसार बैंकिङ कसुरमा फरार रहदै आएका ढुंगेल पछिल्लो समय चितवन जिल्लामा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीमाथि निगरानी बढाउँदै आएको थियो । सोही क्रममा प्रहरीले उनलाई आज (बिहीबार) बिहान साँढे नौ बजे जिरौना बाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ परेका ढुंगेलमाथि आवश्यक कार्वाहीको लागी सम्मानित चितवन जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्