Techie IT
शनिबार, वैशाख ६,२०८२

सर्वोच्चको फैसला स्वीकार्छौँः केपी शर्मा ओली


असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला स्वीकार्ने बताएका छन् ।

मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै उनले सोमबार सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेश स्वीकार्ने बताए ।

यद्यपि उनले फैसलाका प्रावधान र भाषाले लोकतान्त्रिक प्रणालीप्रति विश्वास राख्नेहरुलाई चिन्तित बनाएको जनाएका छन् ।

निर्वाचनमार्फत जनप्रतिनिधि चयन भएर सरकारको नेतृत्व गर्ने उत्कृष्ट प्रणाली भएको बताउँदै उनले जनताका ताजा जनादेशका लागि जनतामा जाने निर्णयलाई निरङ्कुश र कानुन अपव्याख्यामाथि आधारित भएर सरकार बन्ने बनाउने बनाउने परिभाषाले लोकतान्त्रिक प्रणालीलाई गलत दिशातर्फ लान सक्ने चिन्ता व्यक्त गरे ।

सबै पक्ष आ–आफ्नो सीमाभित्र मर्यादित र संयमित भए मात्रै लोकतान्त्रिक प्रणाली गतिशील हुन सक्ने ओलीले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545