Techie IT
सोमबार, वैशाख ८,२०८२

आज १८३१ जनालाई संक्रमण


काठमाडौं । आज देशभर थप १ हजार ८३१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलका अनुसार ५५३५  पीसीआर र ३६८३ जनाको एन्टीजेन गरी ९ हजार २१८ परीक्षण गर्दा १८३१ जनामा पोजेटिभ देखिएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन् भने २० संक्रमितको मृत्यु भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला, चितवन, मकवानपुर, कास्की, झापा, सुनसरी, मोरङमा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेकाे प्रवक्ता पौडेलले बताउनुभयो ।

नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९९ हजार ८८ पुगेको छ । जसमध्ये ६ लाख ११ हजार ८९४  हजार जना निको भएका छन् भने ९ हजार ३८२  जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित २६ हजार १७३ जना रहेका छन् ।


क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:31 am6:33 pm +0545