Techie IT
सोमबार, वैशाख ८,२०८२

युवालाई उद्यमतासंग जोडन सम्मेलन


काठमाडौँ, २७ असार ः युवालाई अनुसन्धान, उद्यमतासंग जोड्नका लागि राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘विज्ञान, प्रविधि, नवप्रवद्र्धन र उद्यमशीलतामा युवा राष्ट्रिय सम्मेलन’ आजदेखि यहाँ शुरु भएको छ ।

आजको सत्रमा खोजमुलुक विभिन्न तीन वटा अध्ययन अनुसन्धानमा सहभागीलाई प्रशिक्षित गरिएको छ ।
जनस्वास्थ्य विज्ञ डा. शेरवहादुर पुनले संक्रमण रोग, डा. असिम ढकालले शिक्षा र रोजगारी, डा. भानुभक्त ढकालले विज्ञान शिक्षामा सम्भाव्यताको गरिएका अनुसन्धानबारेमा युवालाई प्रशिक्षण दिनु भएको छ ।

प्रशिक्षण अगाडि कार्यक्रमको उद्घटान गर्दै परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले विज्ञान र प्रविधि क्षेत्रमा भएका अनुसन्धानलाई युवाको उद्यमशीलतासंग जोड्नका लागि सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

उहाँले सम्मेलनबाट प्राप्त सुझाव सरकारलाई विज्ञान र प्रविधिको नीति निर्माणमा सहयोग पु¥याउने बताउनुभयो ।
उहाँले सूचना प्रविधि र विज्ञानका विद्यार्थीलाई अनुसन्धानमुलक बनाउनका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कार्यकारी उपाध्यक्ष ढुङ्गेलले युवाको प्रतिभालाई प्रस्फुटन गराउनका लागि सातवटै प्रदेशमा नवप्रवर्तन केन्द्र स्थापना गरिने समेत जानकारी दिनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले विद्यालय तहमा विज्ञान र प्रविधि विषयमा विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्न तयारी गरिरहेको बताउनुभयो ।

उहाँले सम्मेलनले विज्ञान र प्रविधि शिक्षामा सहयोग पु¥याउने भन्दै विज्ञान र प्रविधिलाई समाजसंग जोड्नुपर्ने भनाई राख्नुभयो ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. धर्मकान्त वाँस्तोलाले अनुसन्धान र नवप्रवद्धनमा हाम्रँे शिक्षा कमजोर रहेको भन्दै सरकारले उच्च शिक्षामा बजेट बढाउनुपर्ने बताउनुभयो ।

उच्च शिक्षामा अनुसन्धान, नवप्रवद्र्धन काम हुने सके युवालाई स्वरोजगारमुखी बनाइने भन्दै सम्मेलनले युवालाई नवउद्यमीको सिर्जना गर्न अवसर प्राप्त गर्ने बताउनुभयो ।

नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. सुनिलबावु श्रेष्ठले विज्ञान र प्रविधि समाजको समस्या समाधान गर्नतिर जोड्न पर्ने बताउनुभयो ।

उहाँले विज्ञान र प्रविधि मार्फत युवा जनशक्तिलाई परिचालन गरे मुलुकले समृद्धि हासिल गर्न सक्ने भनाई राख्नुभयो ।
विज्ञान र प्रविधि क्षेत्रमा लगानी गरे प्रतिफल प्राप्त गर्न सकिने भन्दै विज्ञान र प्रविधि क्षेत्रका काम गर्ने संस्थाबीच अन्तरसम्बन्ध गराउनुपर्ने उहाँको भनाई रहेको छ ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले विज्ञानबाट सिकेको कुरालाई उद्यमशिलतातर्फ जानुपर्ने बताउनुभयो । उहाँले युवाले आफूसंग भएको सीपलाई उत्पादनशिलतामा जोडन् आवश्यक रहेको बताउनुभयो ।

सम्मेलनमा स्नातकोत्तर तह अध्ययन गरिरहेका विद्यार्थीलाई युवा वैज्ञानिकले अनुसन्धान गरेको विषयमा जानकारी गराइने परिषद्का प्रमुख प्रशासकिय अधिकृत डा. बाबुराम ढुंगानाले जानकारी दिनुभयो ।

सम्मेलनमा विज्ञान, प्रविधि, शिक्षा, स्वास्थ्य विषय लगायत चार बिषयमा अनुसन्धानकर्ताले कार्यपत्र प्रस्तुत गरिने छ । भोलिसम्म सञ्चालन हुने सम्मेलनमा करिव ४०० युवा वैज्ञानिकको सहभागिता रहेको छ ।

 

 


क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:31 am6:33 pm +0545