Techie IT
सोमबार, वैशाख ८,२०८२

मस्यौदाप्रति नेपालको असन्तुष्टि


काठमाडौं । एमालेको आन्तरिक एकता कायम गर्न गठित वार्ता टोलीले तयार पारेको मस्यौदाप्रति वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका छन् ।

आफू पक्षधर ५ वार्ता टोली सदस्यहरुलाई आइतवार विहान बोलाएर नेपालले मस्यौदाप्रति असन्तुष्टी जनाएका हुन् । हिजै कार्यदलको बैठकले सवै सहमति सकिएकोले आज मस्यौदामा केपी शर्मा ओली र नेपाललाई हस्ताक्षर गरेर सार्वजनिक गर्ने कार्यक्रम रहेको थियो । आज पार्टी एकताको सन्देश दिनका लागि नेताहरु विहानै देखि लागिरहेका छन् ।

स्रोतका अनुसार नेपालले केपी ओलीको एकल अधिकार रहनेगरि एमाले एकताको कुनै अर्थ नहुने र ओलीले आफू अनुकुल हुनासाथ धोखा दिने बताएका छन् ।

वार्ता टोलीका एक सदस्यका अनुसार सहमतिको मस्यौदामा एक बुँदा थपेर माधव नेपाल पार्टीको दोस्रो अध्यक्ष रहने कुरा उल्लेख नहुँदासम्म नेपाल सहमत नहुने देखिएको बताए । अहिले पनि दुवै पक्षका कार्यदलका सदस्य सिंहदरवारमा रहेका छन् ।

विधानमै नरहेको दोस्रो अध्यक्षको कुरा वार्ता टोलीले टुंगो लगाउन नसक्ने भएकाले अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच शीर्ष तहमा सहमति हुनुपर्ने वार्ता टोली सदस्यहरुको भनाइ छ । ओलीले नेपाललाई दोस्रो अध्यक्ष दिन यसअघि तयार भइसकेको दावी समेत नेपाल पक्षका नेताहरुको छ ।

कार्यदलका एक सदस्यले भने, ‘नेता नेपालले शब्दावली सच्याउन भन्नुभएको छ, हामी त्यसमाथि छलफल गरेर टुंगोमा पुग्छौं ।’


क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:31 am6:33 pm +0545