दुई हजार २३९ सङ्क्रमित थपिए, २० को निधन
पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार २३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ३१३ जनाको पिसिआर र एन्टिजेन परीक्षणमा उक्त सङ्ख्यामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार छ हजार ६५७ जनामा पिसिआर परीक्षण गर्दा एक हजार ४७९ र चार हजार ६५६ जनामा एन्टिजेन परीक्षण गर्दा ७६० जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर एक हजार ३१६ जना सङ्क्रमित निको भएका छन् ।
यससँगै नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या छ लाख १६ हजार ९२९ जना पुगेको छ । नेपालमा निको हुने प्रतिशत ९४ दशमलव ५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा २० जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ ।
नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ३४० पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सङ्क्रमित
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्