Techie IT
शुक्रबार, वैशाख ५,२०८२

धैर्यता र संयमता भएका (एसपी) अधिकारी : जसले अप्रिय घट्ना हुन दिएनन्


चितवन । चितवनको राप्ती नगरपालिका (सोमबार) दिनभर तनावग्रस्त रह्यो । असार ११ गते अज्ञात समूहको अपहरणमा परेकी भनिएकी राप्ती नगरपालिका वर्डा नम्बर ३ की २३ बर्षीया सुजिता भण्डारीको शव गलेको अवस्थामा राप्ती नगरपालिका वडा नंम्बर ३ स्थित धमिलीमा रहेको ब्रह्मस्थानी सामुदायिक वनमा फेला परेसंगै सोमबार चितवनको माहोल एकाएक तात्तियो ।


मृतक सुजिता भण्डारी 

सत्य तथ्य एवं निष्पक्षरूपमा छानबिन हुनुपर्ने माग राख्दै राप्ती नगरपालिका ३ स्थित झुरझुरेमा बिहानैदेखि स्वर्गीय सुजिता भण्डारीको न्यायका लागी आवाज उठिरह्यो । स्थानीयले प्रहरीका विरुद्ध चर्को नाराबाजी गरिरहे । घट्ना घटेको १० दिनसम्म प्रहरीले केही नगरेको भन्दै प्रहरीका विरुद्धमा उनीहरु खनिए ।

ठुलो संख्यामा रहेका प्रदर्शनकारीहरुले पीडितलाइ न्याय र क्षतिपूर्ति तथा दोषीलाई कार्वाहीको माग राख्दै ९ घण्टासम्म पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर नाराबाजी गरिरहेकै समयमा प्रहरीले मृतकको शवलाइ पोस्टमार्टमका लागी लैजान खोजेका थिए । तर, उनीहरुले चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारी चढेको गाडी तथा मृतकका शव उठाइ भरतपुरतर्फ लैजान लागेको एम्बुलेन्सलाइ समेत घेरा हाले ।


नाराबाजी गर्दै प्रदर्शनकारी

यसका बाबजुद (एसपी) अधिकारीले प्रहरीका विरुद्ध आलोचनाहरु पनि सहे, प्रहरीमाथि सामाजिक सञ्जाल तथा प्रदर्शनकारीहरुबाट गालीको वर्षा समेत भयो । (एसपी) अधिकारीले आफ्नु धैर्यता र विवेकका बलमा परिस्थितिलाइ आफ्नो नियन्त्रणमा राख्दै मृतकका आफन्तहरुसंँग निरन्तर सम्पर्कमा जुटिरहे ।

उनले प्रदर्शनकारी र मृतकका परिवारहरुसंग निरन्तर कन्भिन्स गरिरहेपछि मृतकको शव उठाएर पोस्टमार्टम लागि काठमाडौं पठाउन पीडित पक्ष तयार भए । दोषी नउम्कोस्, निर्दोष नफसोस् भन्ने जानीबुझेका सफल अनुसन्धानकर्मीको रूपमा रहेका (एसपी) अधिकारीले फरेन्सी ल्यावको रिपोर्ट आएपछि प्रहरीलाइ थप अनुसन्धान गर्न पनि सहज हुने बताउँछन् ।

(एसपी) अधिकारी नभई अर्को कुनै प्रहरी प्रमुख भएको भए परिस्थिति भड्किएर अप्रिय घटना त हुने थिएन ? चितवनको नागरिक समाज र वौद्धिक समुदायमा परिस्थिति भड्केला कि भन्ने चिन्ता समेत थियो । तर, अधिकारीले आफ्नु धैर्यता र विवेकका बलमा परिस्थिति आफ्नो नियन्त्रणमा राख्न सफल भए । उनले यस्मा न आफ्नु धैर्यता नै गुमाए, न त विवेक नै । आज बिहानैदेखि राप्तीको अवस्था सामान्य बन्दै गएको छ ।

अनुसन्धान सुरु : प्रहरी 
यता, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले मृतक सुजिता भण्डारीको अनुसन्धान गर्नमा प्रहरीले कुनै कसुर बाँकी नराख्ने बताएका छन् । (एसपी) अधिकारीले प्रहरीलाइ मौखिक सूचना आएपछि नै सुजिताको खोजी कार्यमा मातहतका प्रहरी परिचालित भएको बताउदै चितवन प्रहरी मात्रै नभइ केन्द्रिय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले समेत अनुसन्धान गरिरहेको बताए ।


प्रहरी प्रमुख ओम प्रसाद अधिकारी

अनुसन्धान हुँदै गर्दा शव भेटिएपछि हामीलाई निकै गम्भीर र दुःखी बनाएको छ, घटनाको यथार्थ पाटो यथाशीघ्र सार्वजनिक गर्छौं,’ एसपी अधिकारीले भने । उनका अनुसार घट्नास्थलबाट प्रहरीले नगद ३२० रुपैयाँ र एउटा झोला बरामद गरेको बताए । घटनास्थल पुगेकी मृतककी दिदीले झोला आफूले पसलबाट सामान ल्याएको बताउनुभएको छ,’ त्यहाँबाट हामीले, ‘सेतो झोल पदार्थ भएको एउटा बोतल पनि भेटाएका छौँ ।’

मृतकको शव भेटिएको स्थान 

सेतो झोल पदार्थ धानमा लाग्ने पतेरोमा हाल्ने विषादी हुन सक्छ भनेर मृतकका बुबाले जवाफ दिनुभएको छ । उनलेे भने, बोतल घरमै थियो कि थिएन भनेर बुबालाई सोध्न आफुले नभ्याएको बताउँदै पोस्टमार्टमले मृत्युको विषयमा धेरै कुरा वैज्ञानिकरूपमा खोल्ने भएकोले केही समयमै सत्यतथ्य बाहिर आउनेमा उनी बिश्वस्त छन् ।

दुइ बुँदे सहमति 
यता, राप्ती नगरपालिकाका प्रमुख मेयर प्रभा बरालका अनुसार जनप्रतिनिधि, दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखको उपस्थितिमा ईलाका प्रहरी कार्यालय भण्डारामा पीडित पक्षसँग दुइ बुँदे लिखित सहमति भएको जनाएको छ ।

सहमतिमा शव परीक्षण गरी सत्यतथ्य पत्ता लगाइ अपराधीलाई कडा भन्दा कडा कारबाही गर्ने, पोस्टमार्टम गर्दा परिवारका दुई जना ब्यक्ति / एक जना परिवारले भनेका विज्ञसहित गर्ने र नेपाल सरकारसँग राहतका लागि अनुरोध गर्ने सहमति भएको बरालले बताइन् ।


पीडित पक्षसँग लिखित सहमति ।

मृतक सुजिता भण्डारी यहीं असार ११ गतेदेखि हराइरहेकी थिइन् । बिहान ६ः०० बजे घरबाट साथीको घरमा तरकारी लिन गएकी उनले त्यहीं दिन १२ः१५ बजे साइली दिदी कवितालाई फोन गरेर आफु अपहरणमा परेको र बचाउन गुहार गरेको परिवारका सदस्यहरुले बताउँदै आएका छन् । जङ्गलमा च्याउ टिप्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेको छ । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:33 am6:31 pm +0545