Techie IT
मंगलबार, वैशाख ९,२०८२

मध्यावधि निर्वाचनको कार्यतालिका तयार


काठमाडौं, २१ असार । निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ अन्तिम चरणमा पुग्दै गर्दा आयोगले भने निर्वाचनको कार्यतालिका तयार पारेको हो ।

आयोगले तयार गरेको कार्यतालिका सम्भवतः आजै औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ । स्रोतका अनुसार पहिलो चरणमा निर्वाचन हुने क्षेत्रमा २० गते उम्मेदवारी मनोनयन गर्ने तालिका तय गरिएको छ ।

दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा असोज ३१ गते उम्मेदवारी मनोनयनको तालिका तय भएको छ । सरकारले पहिलो चरणमा कात्तिक २६ र दोस्रो चरणमा मंसिर ३ मा निर्वाचनको मिति तोकेको छ ।

आयोगले निर्वाचन प्रयोजनका निम्ति दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्मको समय दिने भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #मध्यावधि निर्वाचन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545