Techie IT
सोमबार, वैशाख ८,२०८२

सिलिचोङ १ मा पहिरोबाट १ घर पुर्ण क्षति, १ जना घाइते


संखुवासभाको सिलिचोङ गाउँपालिका वडा नं. १ सिसुवाखोला माथिल्लो तेन्छोङमा पहिरो जाँदा १ घरमा पुर्ण क्षति भएको छ । गएराति घरमाथि भएको ढुँगा झरेर घरमा क्षति पुग्नुका साथै एक जना घाइते भएका छन् । लगातार बर्षातको कारण घरमाथि रहेको ठुलो ढुंगा झर्दा माथिल्लो तेन्छोङका ८० बर्षीय छत्तिस कुमार राईको घर पुर्णरुपमा क्षति भएको छ भने राई घाइते भएका छन् ।

आईतबार राति १ बजेतिर पहिरो जाँदा घाईते राईका श्रीमति ८३ बर्षिया सुखमाया राई र उँहाकी नातिनी भागरेर बाँच्न सफल भएको स्थानीय सन्तोष कुलुङले जानकारी दिनुभयो । घाइतेको स्थानीय स्वास्थ्य ईकाईमा उपचार भई रहेको र उनको अनुहारमा चोट लागेकोे छ । लगातार ४ दिनदेखि परेको अबिरल बर्षाका कारण पहिरोको जाखिम बढेको हो ।

गत बर्ष गाउँपालिकाको वडा नं. १ सिसुवाखोलाको बेसिन्दा र चेप्चेवामा पहिरोका कारण धनजनको क्षति पुगेको थियो । गत बर्षको असार २७ गते बेसिन्दामा गएको पहिरोबाट ९ घर बगाउँदा ११ जना अझै वेपत्ता छन् । सो पहिरोबाट विस्थापित १ सय ६ घर यो बर्खामा पनि टेन्टमा नै बस्न बाध्य छन् । बिस्थापितहरु अस्थायी व्यवस्थापन गरिएको बुधबारे र चित्रेमा बस्दै आईरहेका छन् ।


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:31 am6:33 pm +0545