चितवनमा लागूऔषध बिक्रीवितरण गर्ने तीन जना पक्राउ

चितवन । चितवनमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषध बिक्रीवितरण गर्ने एक महिला सहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका (एसपी) ओम प्रसाद अधिकारीका अनुसार विशेष सुराकीको आधारमा खटिएको प्रहरीको टोलीले अवैध लागूऔषध (गाँजा) बिक्रीबितरण गरिरहेको अवस्थामा भरतपुर महानगरपालिका वडा नम्बर १७ लंगौटा बस्ने २९ बर्षिया बिष्णुमाया थापा मगर सहित भरतपुर महानगरपालिका वडा नंम्बर २ आँपटारी ईन्द्रेणी टोलस्थित बिनय ठाकुर र २६ बर्षिया योजन पोख्रेललाइ पक्राउ गरेको जनाएको हो ।
(एसपी) अधिकारीले भने, बिष्णुमायाले लागूऔषध गाँजा बिक्री बितरण गरिरहेको भन्ने सुचनाको आधारमा प्रहरी टोली खटिएको थियो । त्यसक्रम्मा, टोलीले उनको घरमा चेकजाँच गर्दा निजले आफ्नु कोठामा निलो साना साना प्लाष्टिकमा प्याकिङ गरेर बिक्री बितरणको लागी तयार बनाईराखेको अवस्था १० पोका लागूऔषध (गाँजा) चार सय ग्राम र गाँजा बिक्री गरेको रकम नगद एक हजारका दुई थान, पाँच सय दरका तेह्र थान, एक सय दरका अठार थान, र पचास रुपैयाँ दरका दुई थान गरी दश हजार चार सय फेला पारिएको उनलेे बताए ।
त्यस्तै, चितवन प्रहरीले नै भरतपुर महानगरपालिका २ आँपटारी ईन्द्रेणी टोलस्थित बिनय ठाकुरको घरमा डेरा गरी बस्ने २६ बर्षिया योजन पोख्रेललाइ समेत पक्राउ गरेको छ । लागूऔषध बिक्री बितरण गरिरहेको भन्ने सुचनाको आधारमा प्रहरीको टोली खटिएको र निजको घरमा खानतलासी गर्दा प्रतिवन्धित लागूऔषध सहित सो, कार्यमा संलग्न २४ बर्षिया रोशन बुढाथोकीलाइ समेत प्रहरीले पक्राउ गरेको चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए ।
उनीहरुको साथबाट प्रहरीले डाईजेपाम २२ एम्पुल, फेनार्गन २३ एम्पुल र नुर्फिन १२ एम्पुल गरी ५७ एम्पुल बरामद गरिएको जनाएको छ । पक्राउ परेका तीनै जना उपर लागूऔषध कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्